२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट– विगत र वर्तमानः सुवर्णले ल्याएका थिए ५ करोड २५ लाखको पहिलो बजेट



अ+ अ-

काठमाडाैँ । सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि बजेट प्रश्तुत गर्दैछ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रश्तुत गर्दै हुनुहुन्छ । झन्डै दुई तिहाइको सरकारले आज बजेट ल्याउँदै गर्दा नेपालमा औपचारिक रूपमा बजेट सार्वजनिक भने २००८ सालदेखि हुन थालेको हो ।

मातृकाप्रसाद कोईराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले २००८ सालमा सार्वजनिक गरेको नेपालको पहिलो औपचारिक बजेट हो । सुवर्णले संसद समक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रश्तुत गरेका थिए ।

पहिलो बजेटमा राजश्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो । सडक सञ्जालको विस्तार, हवाई अड्डा, कृषकलाई सहायतालगायत कार्यक्रम राखिएको थियो । कृषि योजनाको ५ करोड रुपैयाँको बजेटमा कृषि योजनाका लागि २ लाख रुपैयाँ छुट्याइएको थियो ।

जनतालाई शिक्षित बनाउन र सहज रूपमा पठनपाठन गराउने अभियान उक्त सरकारले अघि बढाएको थियो । शिक्षाका लागि ५ लाख ३६ हजार रुपैयाँ बजेट छुट्याइएको थियो । साना उद्योगलाई प्रवद्र्धन गर्न उक्त सरकाले महत्वपूर्ण कदम चालेको थियो ।

घरेलु इलमको नाममा मात्र ३ प्रतिशत अर्थात २ लाख रुपैयाँ विनियोजन गरिएको थियो । स्वास्थ्य सेवा विस्तारका लागि समेत उक्त सरकारले प्राथमकिता दिएको थियो, जसका लागि ३ लाख रुपैयाँ विनियोजन भएको थियो । ‘देशमा स्थिरता कायम भएकाले उन्नति र समृद्धिको मार्गमा प्रति दिन लम्किँदै जानेछौँ भन्ने कुरामा मलाई रत्तिभर शंका छैन’, २००८ सालको बजेटमा भनिएको थियो ।

पछिल्ला वर्षहरुमा बजेटहरुको आकार हेर्दा सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट प्रश्तुत गरेको थियो । पछिल्लो एक दशकको बजेटको आकार हेर्दा सरकारी खर्चको दायरा निरन्तर विस्तार हुँदै गएको देखिन्छ । पछिल्लो एक दशकलाई हेर्ने हो भने आर्थिक वर्ष २०७३/७४ मा १० खर्ब ४१ अर्ब रुपैयाँ रहेको वार्षिक बजेट त्यसपछि क्रमशः बढ्दै २०७४/७५ मा १२ खर्ब ७८ अर्ब र २०७५/७६ मा १३ खर्ब १५ अर्ब पुगेको थियो । २०७६/७७ मा बजेटको आकार १५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको थियो ।

कोभिड–१९ महामारीको प्रभावका कारण २०७७/७८ मा बजेट घटेर १४ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित भए पनि त्यसपछिका वर्षमा पुनः वृद्धि भएको देखिन्छ । २०७८/७९ मा १६ खर्ब ३२ अर्ब र २०७९/८० मा १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा बजेटको आकार केही घटेर १७ खर्ब ५१ अर्ब रुपैयाँमा झरेको थियो । त्यसपछि २०८१/८२ मा १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको छ, जुन अघिल्लो वर्षको तुलनामा १ खर्ब ४ अर्ब रुपैयाँ बढी हो । २०७३/७४ को तुलनामा हालको बजेटको आकार चालु आ.व.मै ९ खर्ब २३ अर्ब रुपैयाँले बढी थियो ।

पछिल्ला वर्षहरूमा बजेटको आकार विस्तार भएपनि पुँजीगत खर्चको न्युन कार्यान्वयन, राजश्व संकलनमा दबाब र बढ्दो सार्वजनिक ऋणका कारण बजेटको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको छ । आर्थिक गतिविधि विस्तार, पूर्वाधार निर्माण तथा सामाजिक क्षेत्रको लगानी बढाउने लक्ष्यसहित सरकारले बजेटको आकार निरन्तर बढाउँदै आएको छ । यद्यपी सरकारलाई स्रोतको चप भने चर्को पर्दै आएको छ ।

चुनावअघि रास्वपाले सार्वजनिक गरेको ‘वाचापत्र’लाई मुख्य मार्गचित्र मानेर तयार पारिएको आगामी आर्थिक वर्षको बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा निकै ठूलो हुने बजेट निर्माणमा सहभागी स्रोतहरूले बताएका छन् ।

अर्थमन्त्री वाग्लेले केही महत्वपूर्ण र महत्वाकांक्षी कार्यक्रमहरू थप गर्दै ठूलो आकारको बजेट ल्याउने तयारी गरेको उनीहरूको भनाइ छ । चालू आर्थिक वर्ष २०८२/८३ मा सरकारको आय–व्ययको अवस्था हेर्दा पनि वित्तीय दबाब स्पष्ट देखिन्छ ।

चालू आर्थिक वर्षको १० महीनामा सरकारले ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ खर्च गर्दा राजस्व, वैदेशिक अनुदान र अन्य आम्दानीबाट जम्मा १० खर्ब १२ अर्ब रुपैयाँमात्रै संकलन गरेको छ । सरकारको खातामा करीब डेढ खर्ब रुपैयाँ बराबरको घाटा देखिएको छ ।

तर पनि नयाँ सरकारप्रति बढेको जनआकांक्षालाई हेरेर सरकारले ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ । राजश्व लक्ष्यअनुसार नउठेको सन्दर्भमा स्रोतको खाडल पूर्ति गर्न सरकारले आन्तरिक ऋण र बाह्य ऋण तथा अनुदान परिचालन गर्नुपर्ने हुन्छ ।