१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाले एकलौटी गरेको भन्दै महामन्त्री कोइरालाले गरे वैठक बहिष्कार



अ+ अ-

काठमाडौं । पहिलो पटक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री डां सशांक कोइराला उभिएका छन् । उप-निर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा सभापति देउवाले एक पक्षीय रुपमा उम्मेदवारको नाम अगाडि सारेको भन्दै अ’सन्तुष्टि जनाउदै बैठक ब’हिस्कार गरेका छन्।

देउवा निवास बुढानिलकण्ठमा भएको बैठकमा साझा उम्मेदवार तय गर्नुपर्नेमा देउवाले एकलौटी रुपमा उम्मेदवारको नाम प्रस्ताव गरेर निर्णय गरेपछि माहमन्त्री कोईराला सहित वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलले बैठकस्थलबाट निस्केका हुन् ।

हिजोसम्म कास्कीका लागि नेता धनराज गुरुङको नाम चर्चा चलेपनि छलफलमा कोइराला र पौडेल पक्षले देवराज चालिसेको नाम अगाडि सारेका थिए। तर देउवाले उनको सट्टामा खेमराज पौडेलको नाम सारेका थिए।

अन्य क्षेत्रमा पनि देउवाले सहमतिको उम्मेदवार भन्दा आफ्नो खल्तीको सूची निकाल्न थालेपछि आफूहरू बस्नुको अर्थ नदेखेर निस्केको ती नेताले बताए। उनीहरू बाहिरिएपछि देउवा भने अझै नाम टुङ्ग्याउने तयारीमा रहेका छन्।

उनले पत्रकार सम्मेलन गरेर उप-चुनावमा सहभागी हुने उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने तयारी गरेका छन्।