१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



अ+ अ-

भरतपुर । चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कुमा ना६२प ५९५ नंको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन् ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।