२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिद्वारा सहकारी संस्थाको अनुगमन



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले प्रदेश सरकारबाट अनुदान लिएका सहकारी सङ्घसंस्थाको स्थलगत अनुगमन गरेको छ । समितिका अध्यक्ष राजु नेपाली नेतृत्वको संसदीय टोलीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा गत आर्थिक वर्षमा अनुदान पाएका सुर्खेतका सहकारी संस्था तथा व्यक्तिगत फार्मको अनुगमन गरेको हो ।

समितिले बराहताल गाउँपालिका–८ झुल्केपानीस्थित हातेमालो कृषि तथा सहकारी संस्था, वीरेन्द्रनगर–११ स्थित केपी व्यावसायिक सेवा प्रालि, पञ्चपुरी नगरपालिका–६ भावरस्थित हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडको स्थलगत अनुगमन गरेको थियो । मन्त्रालयले गत आर्थिक वर्ष २०७५÷७६ का लागि अग्र्यानिक मल तथा जैविक विषादी उत्पादन प्रयोजनका लागि हातेमालो कृषि तथा सहकारी संस्थालाई रु ४० लाख अनुदान उपलब्ध गराएको थियो ।

उक्त सहकारीले अग्र्यानिक उत्पादनसम्बन्धी कुनै पनि संरचना निर्माण नगरेर बजेट दुरुपयोग गरेको पाइएको छ । यसबाट आफूहरुले कुनै लाभ नपाउने भन्दै अन्य सदस्यले संसदीय टोलीसमक्ष गुनासो पोखेका थिए । पञ्चपुरी नगरपालिका–६ भावरस्थित हाइटेक नर्सरी बनाउन रु ६६ लाख ९० हजार हाम्रो कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडले अनुदान लिएको थियो । अनुगमनका क्रममा संसदीय समितिले तीनवटा टनेलमात्र निर्माण गरेको फेला पारेको थियो ।

मन्त्रालयले सहकारी संस्था मात्र होइन, व्यक्ति फार्मलाई समेत अनुदान उपलब्ध गराएको पाइएको छ । वीरेन्द्रनगर–११ स्थित केपी व्यावसायिक सेवा प्रालिले रु २० लाख भुक्तानी पाइसकेको छ । प्रालिका सञ्चालक कृष्ण ढकालले साउनदेखि गाईपालन शुरु गरेर जैविक मल, जैविक विषादीका साथै बायोग्यासबाट पशुका दाना उत्पादन गरिरहेको बताए । समितिका अध्यक्ष नेपालीले गत वर्ष अनुदान लिएका अन्य सहकारीको अनुगमन गरेपछि बैठक बसेर प्रतिवेदन तयार गरिने बताए ।