२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अबस्था नाजुक, अधिकांश सेवाहरु नै वन्द हुँदै



अ+ अ-

काठमाडौं । सरकारको स्वामित्वमा रहेको भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र समस्या नै समस्याले गाँजिएको छ । सो केन्द्रका अधिकांश मेसिन उपयोगविहीन अवस्थामा छन् भने केही सेवा बन्द भएका छन् । सरकारले केन्द्रलाई प्राथमिकतामा नराख्दा र पर्याप्त चिकित्सक अभावका कारण केन्द्रमा भएका मेसिन पनि उपयोगमा आउन नसकेको पाइएको छ । मेसिन अभावमा बिरामी मर्कामा परेका छन् ।

केन्द्रका अनुसार केन्द्र स्थापना भएदेखि हालसम्म ६ सय ७२ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ। अस्पतालले बिरामीले प्रभावकारी रूपमा सेवा दिन नसकेको देखिएको छ। राजधानी दैनिकले गरेको स्थलगत रिपोर्टिङका क्रममा बिरामीले प्रभावकारी तवरबाट सेवा पाउन नसकेको गुनासो गरेका थिए । यस्तै, केन्द्रले निकट भविष्यमा कलेजो प्रत्यारोपणको तयारी थालिएको जनाएको छ । अस्पतालमा पुगेका बिरामीले सहज तरिकाले सेवा प्रवाह नपाएको गुनासो गरेका छन् ।

एक जना सेवाग्राहीले भने, ‘के गर्नु डाक्टरहरूले वास्तै गर्दैनन् । पालो नै आउँदैन, कति कुरौं ?’ एक्मो मेसिन उपयोगमा आउन सकेको छैन । चिकित्सकका अनुसार भेन्टिलेटरले धान्न नसक्ने बिरामीका लागि सो मेसिन प्रयोग हुने गर्छ । पछिल्लो आठ महिनायता कलेजो प्रत्यारोपण हुन सकेको छैन । हेपोटोलोजिस्ट पर्याप्त मात्रामा नहुँदा सो कार्यक्रम सञ्चालनमा आउन नसकेको अस्पताल प्रशासनले जनाएको छ ।

पछिल्लो समय मुटुको शल्यक्रियासमेत केन्द्रबाट हुन सकेको छैन । पर्याप्त चिकित्सकको अभावमा सो कार्यक्रम सञ्चालनमा नआएको बताइएको छ । हृदयघात हुँदा बचाउन प्रयोग हुने मेसिन क्याथ ल्याब प्रभावकारी रूपमा प्रयोगमा नआएको पाइएको छ । अस्पताल स्रोतका अनुसार सो मेसिनले सातामा दुईदेखि तीन जनाको एन्जिओग्राम गर्छ । पर्याप्त कार्डियोलोजिस्टको अभावमा मेसिन प्रभावकारी रूपमा प्रयोगमा आउन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले विकास समिति ऐन २०१३ को दफा ३ को अधिकार प्रयोग गरी मानव अंग विकास समिति गठन, आदेश २०६८ अनुसार ११ वैशाख २०६९ मा ओपीडी सेवा सुरुवात गरेको थियो । यस्तै, केन्द्रले २७ कात्तिक २०६९ मा हेमोडायलासिस सेवा सुरु गरेको र सोही वर्षको ६ माघ २०६९ बाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको थियो । राजधानी दैनिकबाट