२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश प्रमुख हटाने सरकारको निर्णय पूर्वाग्रही



अ+ अ-

काठमाडौं । पूर्वाग्रह राखेर सरकारले प्रदेश प्रमुख हटाएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले यसले सहमतिको राजनीतिलाई थप बिथोलेको जनाएको छ। सरकारले सातवटै प्रदेशका प्रमुख हटाउने निर्णय गरेलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिक्रिया दिँदै प्रदेश प्रमुख हटाउने सरकारको निर्णय निर्वाचन आचारसंहिताविपरीत भएको पनि बताएका छन् ।

प्रदेश प्रमुख हटाउने सरकारको निर्णयप्रति शर्माले कटाक्ष गर्दै भनेका छन्– ‘समयको प्राथमिकता अर्कै, सरकारको अर्कैतिर।’ जरुरी समीक्षाबेगरै पूर्वाग्रहपूर्ण निर्णय भन्दै उनले सरकारले निर्वाचन आचारसंहिताको नैतिक हेक्का समेत नराखेको बताएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेश प्रमुख हटाएका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संघीयता सफल बनाउन कहाँनेर प्रदेश प्रमुखहरूले अप्ठ्यारो सिर्जना गरेका थिए र सरकारले हटाउने निर्णय गरेको हो भनी प्रश्न पनि गरेका थिए। नेपाल समाचारपत्र दैनिकबाट