२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला आयोगमै सास्ती, पूर्णता पाएन



अ+ अ-

काठमाडौँ । आइतबार दिउँसो भद्रकालीस्थित नेपाल महिला आयोग परिसरमा मानिसका एक हुल अन्यौलग्रस्त थिए । पतिपत्नीबीचको घरझगडाले उग्र रूप लिएपछि स्थानीयको समूह नै उठेर मेलमिलाप वा न्यायका लागि आएका थिए । तर आयोगभित्र पुगेर न्यायको पहल पाउन सम्बन्धितले सकेनन् । अब सीधै प्रहरी वा अदालत जाने भेउसमेत उनीहरूले पाएनन् । उदयपुरबाट आफ्नी भतिजीको हत्या छानबिनको समस्या लिएर आइपुग्नु भएकी मतिना विकले पनि सहज सहयोग आयोगमा पाउन सकेनन् ।

जिल्ला र पुनरावेदन अदालतले प्रमाणको अभाव देखाउँदै पक्राउ गरेका अभियुक्तलाई छाडिसकेको छ । घाँटी, हातगोडा र अनुहारमा समेत घाउचोट रहेको फोटो बोकेर उनी आयोग एकी थिईन् । भतिजीको कालगतिबाट मृत्यु नभएको दाबी गर्दै उनी भन्छन्, “यहाँबाट वकिललाई चिठी लेखिदिनुभयो तर अब के हुन्छ, कहाँ जाने भनेर सोध्न आएकी कोही भेट भएन ।” भाँचिएको खुट्टामा वैशाखी टेक्दै न्याय माग्न आएकी उनलाई माथि उकाली दिनेसमेत कोही थिएनन् ।

त्यति मात्र परिवारको अनुमतिबिना आमाले आफ्नो बच्चा अरूलाई दिएको घटनाको छानबिन गर्न बिहानै आइपुगेको एक टोलीले पनि निकै दुःख पायो । “बिहानै आएको कोही भेटिँदैनन्,” एक महिलाले भने । आइतबार भएका यी तीन प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटना महिला आयोगमा हरेक दिन दर्जनभन्दा बढी आउने गर्छ । तर अत्यन्त जरुरी महत्वका मुद्दाले मात्र अचेल ठाउँ पाउने गरेको छ । विगत दुई वर्षदेखि कर्मचारीको भरमा रहेको आयोगमा महिलामैत्री न्याय सम्पादन हुन नसकेको गुनासो त्यहाँ आउनेले गर्छन् ।

आयोगलाई पूर्णता कहिले ?: नेपालको संविधानले संवैधानिक आयोग घोषित गरे पनि अध्यक्षसहितका पदाधिकारी नियुक्ति भने भएको छैन । नियुक्तिमा किन ढिला भयो र छिटो नियुक्तिको अबको बाटो खोज्न आयोजित अन्तक्र्रिया कार्यक्रममा महिला सांसद, दलका नेतृ, अधिकारकर्मी, नागरिक समाज तथा सञ्चारकर्मीले आफ्ना सुझाव प्रस्तुत गरे । “एकजना पुरुष सचिव र केही कर्मचारीका भरमा आयोग चलिरहेको छ”, अधिकारकर्मी लिली थापाले थपे, “दुई वर्षदेखि पदाधिकारीविहीन बन्दा महिलाका धेरै हक अधिकार कुण्ठित भएको छ ।”

अधिकारकर्मी पद्मिनी प्रधानले गणतन्त्र नेपालमा महिलमाथि गरिएको यो ठूलो भेदभाव भएको औँल्याए । “सधैँ कर्मचारीले चलाउने हो भने आयोग नै किन चाहियो”, उनले भने । अपाङ्गताका क्षेत्रमा काम गर्नुहुने अधिकारकर्मी टीका दाहालले अब कार्ययोजना बनाएरै आयोगको पदाधिकारी नियुक्तिका लागि दबाब दिनुपर्ने सुझाए । प्रदेश ३ सभाका सदस्य विजया श्रेष्ठले चरणबद्ध महिला आन्दोलनको उपलब्धि महिला आयोग भएकाले यसको साख जोगाउन महिला नै लाग्नुपर्नेमा जोड दिए ।

महिला अधिकारकर्मी शर्मिला कार्कीले नियुक्तिको प्रक्रिया कहाँ अड्किएको छ र नियुक्ति नहुँदा कहाँ कहाँ असर परेको छ भन्ने विज्ञ समूहमार्फत अध्ययन प्रतिवेदन तयार गरेर तर्कसङ्गत रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक तत्काल बसाउने पहल गर्न प्रधानमन्त्री, विपक्षी दलका उच्च नेता र भगिनी सङ्गठनसँग भेट गरी घच्घच्याउनुपर्ने बेला आएको सञ्चारकर्मी निर्मला शर्माले बताए ।

कस्तो छ संवैधानिक व्यवस्था ?: संविधानअनुसार २०७४ साल असोज २९ गते महिला आयोग ऐन बन्योे । तर ऐनअनुसार हुनुपर्ने एकजना अध्यक्ष र चार जना सदस्य भने पूर्ति हुन सकेन ।
सरकारको संवैधानिक निकाय रहेकाले पदपूर्तिको जिम्मा सरकारले नै गर्नुपर्ने प्रावधान छ । रिक्त पदमा सरकारले आवेदनको मागसमेत दुई वर्षअघि गरेको थियो । जसमा अधिकारकर्मी लिली थापा, डा। रेणु अधिकारी, सरु जोशी लगायतको आवेदन समेत परेको थियो । सरकारले मापदण्ड अनुसार योग्यता पुगेकालाई नियुक्तिको सिफरिस दिने संवैधानिक व्यवस्था छ । गोरखापत्र दैनिकबाट