२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा



अ+ अ-

मोरङ।  मोरङको बेलबारीस्थित बेतना सिमसारमा करिब चार वर्षअघि फेला परेका अतिसङ्कटापन्न सूचीमा सूचिकृत ‘ब्लाक सफ्टसेल’ नामक कछुवा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।

अष्ट्रियाका वैज्ञानिकको टोलीले बेतना सिमसार क्षेत्रमा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा यी कछुवा फेला परेका हुन् ।

सन् २०२२ मा आरको नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्ट सेल (कालो नरम खपटे) प्रजातिको कछुवा फेला पारेको हो । जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ हो ।

अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) को रातो सूचीमा अतिसङ्कटापन्न अवस्थामा सूचीकृत यो कछुवाका लागि बेतना सिमसार प्राकृतिक वरदान सावित हुनुपर्नेमा पछिल्लो समय बढ्दो मानवीय चाप र चेतनाको अभावका कारण यी कछुवाको भविष्य सङ्कटमा पर्दै गएको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले बताउनुभयो ।

पर्यटन प्रवर्द्धनका नाममा सिमसार क्षेत्रमा भइरहेका केही अनियन्त्रित गतिविधि कछुवाहरूका लागि अभिसाप बन्दै गएका छन् । “वनभोज मनाउनेको घुइँचो, चर्को आवाजमा बज्ने सङ्गीत र जथाभावी फालिने प्लास्टिकजन्य फोहरले पानीको गुणस्तर मात्र बिगारेको छैन, कछुवाको शान्त वातावरणलाई खलल पु¥याएको छ । सिमसार क्षेत्र कछुवा जस्ता थुप्रै रैथाने प्रजातिको मुख्य बासस्थान हो । यसको संरक्षण गर्नु सबैको दायित्व हो”, उहाँले भन्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत पोखरेलले जथाभावी फाल्ने प्लास्टिकजन्य फोहर कछुवासहित अन्य जीवले निल्न सक्ने वा त्यसमा अल्झिएर मृत्यु हुनसक्ने भएकाले यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । “विशेष गरेर समुद्री क्षेत्रका कछुवा तथा जीवमा यो देखिएको छ । नेपालमा भने यो विषयमा तथ्याङ्कहरू कम छन्”, उहाँले भन्नुभयो ।

प्रदूषणले सिमसारको पारिस्थितिकीय प्रणाली बिगार्नुका साथै कछुवाले प्लास्टिकलाई खाना सम्झेर निल्दा उनीहरूको ज्यानै जाने जोखिम हुनसक्ने पोखरेलले बताउनुभयो । “प्लास्टिकजन्य फोहर टुक्रिएर माइक्रोप्लास्टिकमा परिणत हुन्छ । जसले जल र माटोको विषाक्तता बढाएर खाद्य चक्रलाई असर गर्दछ”, उहाँले भन्नुभयो ।

यसबाहेक, सिमसार तटमा जम्ने प्लास्टिकले कछुवाको गुँड बनाउने र अण्डा कोरल्ने प्राकृतिक प्रक्रियालाई अवरुद्ध सङ्कट निम्त्याउने संरक्षण अधिकृत पोखरेलले बताउनुभयो । कछुवालाई फुल पार्न र घाम ताप्नका लागि शान्त दलदल वा बालुवाको ढिस्को चाहिन्छ । सिमसारको सौन्दर्यीकरण गर्ने नाममा कङ्क्रिटका संरचनाहरू बनाइँदा उनीहरूको प्राकृतिक ओथारो बस्ने ठाउँ नासिँदै गएका छन् ।

“कछुवालाई पर्यटकको गतिविधि, उनीहरूले दिएको खानेकुरा, बाहिरबाट ल्याइएका मिचाहा प्रजातिका माछा तथा अन्य जीव, सडकमा गाडी कुद्धा निस्कने थर्कावट, निर्माण, विषादी आदिले असर गरेको हुन्छ”, डा रामचन्द्र अधिकारीले भन्नुभयो । कछुवा प्रकृतिको पहिचान तथा महत्वपूर्ण जन्तु भएकाले यसलाई संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बेतना सिमसार वन उपभोक्ता समिति अध्यक्ष शम्भू भट्टराईका अनुसार कछुवा तथा जिवजन्तुलाई कुनै पनि असर पुग्ने काम सिमसार समितिले नगरेको दाबी गर्नुभयो ।

“कछुवाहरूले पानी सफा राख्न र मरेका जीवहरू खाएर पारिस्थितिक प्रणालीलाई सन्तुलित बनाउन मद्दत गर्छन् । कतिपय अवस्थामा माछा मार्ने जालमा परेर वा स्थानीयस्तरमा कछुवाको महत्व नबुझ्दा यी दुर्लभ जीवले ज्यान गुमाउनु परिरहेको छ”, उहाँले भन्नुभयो । रासस




भर्खरै