२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी



अ+ अ-

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै उक्त लक्ष्य हासिल गर्न असम्भव नभएको बताउनुभएको छ ।

इप्पानको एक कार्यक्रममा बोल्दै उहाँले लक्ष्य हासिल गर्न आवश्यक पूर्वाधार, नीतिगत सहजीकरण र सरकारी सहयोग उपलब्ध गराउन जरुरी रहेको बताउनु भयो । १० वर्षभित्र ३० हजार मेगावाटको लक्ष्य प्राप्तिका लागि करिब ६० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने भए पनि त्यसलाई सकारात्मक दृष्टिकोणबाट हेर्नुपर्ने बताउनु भयो ।

उहाँकाअनुसार जलविद्युत क्षेत्र कुनै एक वा दुई व्यक्तिले सञ्चालन गर्ने व्यवसाय नभई सामूहिक लगानी र सहकार्यमा आधारित क्षेत्र हो । त्यसैले लगानी जुटाउन सम्भव छ । हालसम्म साना तथा मध्यम क्षमताका आयोजनाहरूको योगदानबाट निजी क्षेत्रले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउँदै उहाँले सरकारले लगानीका लागी उचित वातावरण बनाइदिन जरुरी रहेको बताउनु भयो ।

डाँगीका अनुसार हाल देशमा करिब ४,३०० मेगावाट विद्युत उत्पादन भइसकेको छ भने ५,७०० मेगावाट निर्माणाधीन अवस्थामा रहेको छ । यी दुवैलाई जोड्दा झन्डै १० हजार मेगावाट क्षमता सुनिश्चित भइसकेको छ । ऊर्जा क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच घनिष्ठ सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

डाँगीले इप्पान सरकारसँग हातेमालो गर्दै ऊर्जा क्षेत्रको विकास र उत्पादन वृद्धि अभियानमा सक्रिय रूपमा सहकार्य गर्न प्रतिवद्ध रहेको पनि बताउनु भयो ।




भर्खरै