२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा



अ+ अ-

मुगु। मुगुको सोरु गाउँपालिका स्थित माथिलिब्रु गाउँ नजिक एक ऐतिहासिक तथा प्राचीन ‘सुनखानी गुफा छ, प्रचार प्रसार र सरोकारवालाको ध्यान नजादा ओझेलमा परेको छ ।

प्राकृतिक सौन्दर्य र पुरातात्विक महत्वले भरिपूर्ण भए पनि आवश्यक संरक्षण, प्रवद्र्धन र पूर्वाधारको अभावमा यो पर्यटकीय सुनखानी गुफा ओझेलमा परेको स्थानीयको भनाई छ ।

गुफाको भित्री संरचना आकर्षक र रहस्यमयी हुनुका साथै यसको ऐतिहासिक पृष्ठभूमि पनि बलियो रहेको स्थानीय राज शाही ठकुरीले जानकारी गराए । तर, राज्यका तर्फबाट यसको खोजअनुसन्धान र विकासका लागि कुनै ठोस पहल नहुँदा यो ऐतिहासिक गुफा संकट ओझेलमा रहेको उनको भनाई छ ।

गुफा तल हुम्ला कर्णाली सम्मै जोडिएको स्थानीयको भनाई छ । गुफा देखि तल आधा किमी तल हुम्ला कर्णाली रहेको छ । घटकुना भन्ने ठाउ“मा एउटा गुफा, त्यो भन्दा माथि सुनखानी गुफा र माथि थलोहाले भन्ने ठाउ“मा गरि एउटै लाइनमा तीन वटा प्राचिन गुफा रहेको गुरादेउताको धामी अंगबहादुर शाहीको भनाई छ । गुफाहरु निकै आक्रर्षण र ऐतिहासिक छ तर पहुच नहुदा ओझेलमा रहेको उनको भनाई छ ।

परापूर्बकालमा लिब्रु गाउ“का बालबच्चा हराउने गरेको र खोजी गर्दा त्यही सुनखानी गुफा भित्र भेटिने गरेपछि भूतले लैजाने गरेको आशंका गरेपछि गाउलेले समइजु देउता बच्चा जोगाइ दिन बिन्ती गर्दा उक्त समइजु देउता सोही गुफा भित्र पसेर भूतको नास गरेपछि बच्चा हराउन छोडेको किवंदन्ती छ ।

यातायातको असुविधा र विकट भौगोलिक अवस्थितिका कारण पनि यो गुफासम्म पर्यटकहरू पुग्न सकेका छैनन् स्थानीय भक्त शाहीले भने प्रचारप्रसार नहुँदा ओझेलमा परेको यो गुफा अहिले भेडा बाख्रा ओत लाग्ने ठाउँ जस्तो मात्र बनेको छ ।

माथिलिब्रु गाउ“ बाट उक्त गुफा पुग्न १५ मिनेट समय लाग्ने गरेको छ भने कर्णाली करिडोर बाट करिव एक घण्टा समय लाग्ने गरेको छ ।

हाम्रो गाउ“मा यति ठूलो ऐतिहासिक महत्व बोकेको सुनखानी गुफा छ, तर यसको संरक्षण र विकासमा कसैको ध्यान नदिएको लिब्रु गाउ“का बुढापाको गुनासो छ ।

जिल्ला बाट पनि सडक गाउ“मा पुगिसक्यो कर्णाली करिडोर पनि छोएको छ लिब्रु गाउ“का रनबीर शाहीले भने यो ऐतिहासिक सुनखानी गुफा प्रर्बद्धनमा कसैले चासो दिएका छैनन ।

नामै काफि छ शाहीले भने स्थानीयतह प्रदेश र संघ सरकारले सुनखानीलाई पर्यटकिय रुपमा प्रर्बद्धन गर्न आबश्यक बजेट सहित अनुसन्धान गरि दिनु परयो । सरकारले यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरे स्थानीयको आयआर्जनमा ठूलो टेवा पुग्ने आम्दानीको श्रोत बृद्धि हुने पूर्ववडाअध्यक्ष डबल शाही बताउछन ।

सोरु गाउँपालिकाको यो प्राचीन गुफालाई मुगुको प्रसिद्ध रारा तालसँग जोडेर एउटा नयाँ पर्यटकीय गन्तव्य (टुरिजम सर्किट) का रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको स्थानीयको भनाई छ । गुफाको उचित मर्मतसम्भार, भित्र उज्यालोको व्यवस्था र बाटोको स्तरोन्नति गर्न सके यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने स्थानीयको अपेक्षा छ ।

स्थानीय सरकार र पुरातत्व विभागले समयमै यसको ऐतिहासिकता पुष्टि गर्न वैज्ञानिक अनुसन्धान अगाडि बढाउनु पर्ने लिब्रु गाउ“का स्थानीयको माग छ । अहिले लिब्रु गाउ“का राज शाही ठकुरीको पहलमा गुफामा पुगेर भिडियो फोटो खिचेर प्रचार गरि रहेका छन ।