२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको ३७ जिल्लामा आज अधिवेशन हुँदैछ । सो पार्टीको केन्द्रीय समितिले यही जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिको निर्णयानुसार आज कोशी प्रदेशका नौ, मधेसका दुई, बागमतीका नौ, गण्डकीका पाँच, लुम्बिनीका आठ, कर्णालीका दुई र सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा अधिवेशन हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा र सुनसरी, मधेसको महोत्तरी र रौतहट तथा बागमतीका दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक र सिन्धुलीमा अधिवशेन हुनेछन् ।

गण्डकीका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी, लुम्बिनीका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णालीका कालिकोट र सल्यान तथा सुदूरपश्चिमका बैतडी, बझाङ र दार्चुलामा पनि आज अधिवशेन हुँदैछन् ।

आइतबार थप २९ जिल्लामा अधिवेशन हुनेछन् । कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेसका सिराहा, धनुषा, पर्सा र सर्लाही तथा बागमतीका चितवन र ललितपुर जिल्लाका अधिवेशन हुनेछन् । गण्डकीका तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनीका अर्घाखाँची, रुपन्देही र प्यूठान, कर्णालीका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिमका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवशेन हुने कार्यतालिका छ ।

बारा जिल्ला अधिवेशन भने यही जेठ २६ गते हुनेछ । सङ्गठनको विशेष परिस्थितिका कारण उक्त दिनका लागि बाराको अधिवेशन तोकिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिनुभयो । प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने रास्वपाको तयारी छ । “यससँगै पार्टीको मुख्य सङ्गठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ”, महामन्त्री बुर्लाकोटीले भन्नुभयो, “बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ ।”

यही जेठ २६ गतेदेखि सात प्रदेशको अधिवेशनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । पहिलो अधिवेशन बाग्मती प्रदेशबाट सुरु हुनेछ । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ ।