२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य



अ+ अ-

काठमाडाैँ । सभामुख डोल प्रसाद (डीपी) अर्यालले टीकापुरमा आयोजित अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन गर्नुभएको छ। ेसंघीयता कार्यान्वयनको सन्दर्भमा संघीय संसद र प्रदेश सभाबीच समन्वय, सहकार्य तथा सहअस्तित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त सम्मेलन आयोजना गरिएको हो।

अन्तर-व्यवस्थापिका मञ्चद्वारा आयोजित यो सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ। सम्मेलनको व्यवस्थापन सुदूरपश्चिम प्रदेश सभा सचिवालयले गरेको हो।

सम्मेलनमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रूबी कुमारी, उपाध्यक्ष लिला कुमारी भण्डारी, सातै प्रदेशका सभामुख तथा उपसभामुखहरू, साथै महासचिव र सचिवहरूको सहभागिता रहेको छ।

कार्यक्रममा संघीय र प्रदेश तहबीच समन्वयलाई सुदृढ गर्दै संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन विभिन्न छलफल तथा विचार-विमर्श हुने जनाइएको छ।