२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस वर्ष १ हजार ११८ जनाले हिमाल आरोहणको अनुमति लिए, महिलाहरु पनि आकर्षित



अ+ अ-

काठमाडौं । यस वर्षको शरद यामका लागि बिहीबारसम्म एक हजार ११८ जनाले हिमाल आरोहणको अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म ४५ ओटा हिमाल आरोहणका लागि १४८ ओटा आरोहण टोलीले अनुमति लिएका हुन् । अनुमति लिनेमा ८८० जना पुरुष र २२० जना महिला आरोही छन् । कुल ६२ देशका आरोहीले अनुमति लिइसकेको विभागले जनाएको छ ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यो सिजनमा दुईओटा आरोहण दलले अनुमति लिएका छन् । विभागका अनुसार ती दलबाट १० जना आरोहीले अनुमति पाएका छन् । सबैभन्दा धेरै आमादब्लम हिमालका लागि आरोहण अनुमति जारी भएको छ । विभागका अनुसार २६ ओटा आरोहण दलका ३०१ जनाले अहिलेसम्म आरोहण अनुमति लिएका छन् । त्यसपछि मनास्लु हिमालका लागि २७ ओटा दलका २६४ जनाले अनुमति पाएका छन् ।

त्यसपछि हिमलुङ हिमालका लागि ९२, धम्पुसका लागि ७६ जना, सरिबुङका लागि ६० जनाले आरोहण अनुमति पाएको विभागले जानकारी दिएको छ । अङ्लोसाङ र सुरा पिक आरोहणका लागि एक/एक जना आरोहीले मात्र अनुमति लिएका छन् । यसबाहेक अन्नपूर्ण थर्ड, धौलागिरि, लाङटाङ, ल्होत्से, मकालुलगायत चर्चित हिमाल आरोहणका लागि पनि अनुमति लिएको विभागले जनाएको छ ।

हिमाल आरोहणको रोयल्टीबापत मात्रै अहिलेसम्म छ करोड ३६ लाख रुपियाँ सङ्कलन भएको विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै मनास्लु हिमालको आरोहण अनुमतिबापत दुई करोड ७० लाख रुपियाँ सङ्कलन भएको छ । गोरखापत्र दैनिकबाट