२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला



फाईल फोटो
अ+ अ-

काठमाडाैँ । झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक नजिक गोरेटो बाटो छेउमा १५ फिट लामो अजिङ्गर सर्प फेला परेकामा उद्धार गरिएको छ ।

गएराति करिब ११ बजे स्थानीयवासीले अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर सुरक्षित रूपमा उद्धार गरी प्रहरी चौकी बाहुनडाँगीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अजिङ्गरको उद्धार तथा व्यवस्थापनका लागि डिभिजन वन कार्यालय बाहुनडाँगीसँग समन्वय गरिएको छ । यहाँ वन क्षेत्र नजिकका बस्तीमा बेलाबेला अजिङ्गर, हात्ती तथा अन्य वन्यजन्तु प्रवेश गर्ने गरेका छन् ।

प्रहरीले यस्ता वन्यजन्तु देखिएमा नजिक नजान र तत्काल सम्बन्धित निकायलाई खबर गर्न स्थानीयलाई आग्रह गरेको छ ।