२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता



अ+ अ-

काठमाडाैँ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद सुधन गुरुङ गोरखामा आयोजित रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनमा सहभागी हुन पुग्नुभएको छ ।

पार्टीको संगठन विस्तार, नीति तथा भावी रणनीति निर्माणलाई केन्द्रमा राख्दै आयोजित उक्त महाधिवेशनमा नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको जनाइएको छ । कार्यक्रममा सांसद गुरुङको सहभागिताले स्थानीय स्तरमा पार्टी गतिविधि थप सशक्त हुने अपेक्षा गरिएको छ ।

महाधिवेशनमा रास्वपाका केन्द्रीय तथा स्थानीय नेताहरूले समसामयिक राजनीतिक अवस्था, सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन व्यवस्थाका विषयमा विचार–विमर्श गरेका थिए । साथै संगठनलाई अझ सुदृढ बनाउँदै आगामी राजनीतिक यात्रालाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको बताइएको छ ।

गोरखामा आयोजित यस महाधिवेशनलाई पार्टीले ऐतिहासिक महत्वका रूपमा लिएको छ ।