सियोल। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले हान सियोङ–सुकलाई प्रधानमन्त्री पदमा मनोनित गर्नुभएको छ ।
दक्षिण कोरियाली विशाल इन्टरनेट कम्पनी नाभेरका पूर्व कार्यकारी प्रमुख हानले लीको प्रशासनको सुरुवातदेखि नै मन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्नुुभएको छ।
उहाँ प्रविधि क्षेत्र र डिजिटल आविस्कारमा अनुभवी व्यक्तिका रूपमा परिचित हुनुहुन्छ ।
यदि संसदले अनुमोदन गरेमा सन् २००६ देखि २००७ सम्म सेवा गरेका पूर्व प्रधानमन्त्री हान म्योङ–सुकपछि करिब दुई दशकपछि उहाँ दक्षिण कोरियाको पहिलो महिला प्रधानमन्त्री बन्नुहुनेछ । (रासस/एएफपी)











