२७ जेष्ठ २०८३, बुधबार
,
Latest
रास्वपा बागमती प्रदेश अधिवेशन स्थगित ३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



अ+ अ-

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद् भवन सिंहरबारमा बस्दै छ।

आज बैठकको सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा सदनसमक्ष पढेर सुनाउनेछन् भने कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरिएको बेहोरा पनि जानकारी गराउनेछन्।

यसैगरी, सभामुखले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट तोकिएको अवधिभित्र फिर्ता नभएको सम्बन्धी जानकारी पनि सदनलाई दिने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउनेछन् भने चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

साथै आगामी आर्थिक वर्षको आर्थिक कार्ययोजनालाई अगाडि बढाउन अर्थमन्त्री डा. वाग्लेले विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

बैठकको अन्त्यतिर बजेटमाथि यसअघि भएका विभिन्न छलफलका क्रममा माननीय सांसदहरूले उठाएका प्रश्न, जिज्ञासा र सुझावहरूको संसद्‌मा अर्थमन्त्रीले आधिकारिक जवाफ दिने कार्यसूची समेत तय गरिएको छ।