२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ



अ+ अ-

सिरहा। सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–२ लालपुर निवासी २१ वर्षीय श्यामसुन्दर साह रहेका छन् ।

जिल्लाको सुखीपुर नगरपालिका–२ छजनामा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका साहलाई जाँच गर्ने क्रममा उनको साथबाट ब्राउनसुगर बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

पछिल्लो समय जिल्लामा लागुऔषध ओसारपसार तथा कारोबारका घटना बढ्दै गएपछि प्रहरीले निगरानी र चेकजाँचलाई थप कडा बनाएको जनाएको छ । रासस