१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सांसद आलमको तिहार पनि जेलमै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको तिहार जेलमै हुने भएको छ । इँटाभट्टामा पोलेर मान्छे मा’रेको आ’रोप लागेका आलमलाई जिल्ला अदालत रौतहटले थप ८ दिन थुनामा राख्न अनुमति दिएको छ।

न्यायाधीश केशव पाण्डेको इजलासले अनुसन्धानका लागि तेस्रोपटक ८ दिनको म्याद थप गरेको हो। यसअघि सुरुमा ७ दिन र त्यसपछि ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो।

संविधानसभाको पहिलो निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लगाएको ब’म पड्किँदा घा’इते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मा’रेको आ’रोप उनीमाथि लागेको छ। अनुसन्धान लम्बिँदै गएपछि आलमविरुद्ध तेस्रोपटक म्याद थप गरी अनुसन्धान गर्न लागिएको हो।

विहिबार निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सात दिन म्याद थप गरेको थियो।