३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहरमैला व्यवस्थापनलाई आधुनिक, प्रविधिमैत्री र सर्कुलर इकोनोमीमा आधारित प्रणालीमा रूपान्तरण गर्ने गरी नयाँ नीति अघि सारेको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा महानगरले महानगरीय क्षेत्रलाई ७ वटा क्लस्टरमा विभाजन गरी फोहर व्यवस्थापन गर्ने योजना सार्वजनिक गरेको हो।

महानगरले फोहरको न्यून उत्पादन र अधिक पुनःप्रयोगलाई केन्द्रमा राख्दै बन्चरे डाँडा ल्यान्डफिल साइटमा सङ्कलित फोहरलाई मेकानाइज्ड मटेरियल रिकभरी फ्यासिलिटीमार्फत वैज्ञानिक रूपमा प्रशोधन गर्ने जनाएको छ। यसमार्फत स्थानान्तरण केन्द्रबाट निस्किने फोहरको मात्रा घटाउँदै दीर्घकालीन व्यवस्थापनलाई प्रभावकारी बनाइने लक्ष्य राखिएको छ।

साथै, सार्वजनिक तथा खाली स्थानहरूको उपयोगलाई पुनःपरिभाषित गर्दै ती क्षेत्रलाई बालबालिका र ज्येष्ठ नागरिकमैत्री पार्कका रूपमा विकास गर्ने योजना पनि नीति कार्यक्रममा समेटिएको छ।

फोहरमैला व्यवस्थापन सेवा शुल्कलाई “प्रदूषकले तिर्ने सिद्धान्त” अनुसार एकद्वार प्रणालीमार्फत सङ्कलन गर्ने व्यवस्था मिलाइनेछ। साथै, बन्चरे डाँडा ल्यान्डफिल साइटमा फोहर विसर्जन गर्ने स्थानीय तहहरूबाट फोहरको परिमाण र प्रकृतिका आधारमा वित्तीय साझेदारीका लागि पहल गरिने महानगरले जनाएको छ।

फोहर व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउँदै अनलाइन एपमार्फत सेवा, विवरण र सूचना महानगरका कार्यालय, सेवा प्रदायक तथा सेवाग्राही सबैको पहुँचमा पुर्‍याइनेछ।

त्यस्तै, उपयुक्त प्रविधिको प्रयोगमार्फत वायु, जल, जमिन, ध्वनि तथा दृश्य प्रदूषण नियन्त्रण गर्ने र सङ्घ, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गर्दै वातावरण संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै