१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछापका श्रेष्ठ दम्पत्ति छोराहरुको सहयोगको याचना गर्दै मिडियामा



अ+ अ-

काठमाडौं । जनकपुर अञ्चल रामेछाप जिल्ला साविक भिरपानी गाविस वडा नं. २ हाल खाँडादेवी गा.पा वडा नं. ३ रामबहादुर श्रेष्ठ र रमा श्रेष्ठले आफ्ना छोराहरु राजु श्रेष्ठ र कल्याण श्रेष्ठको लागि सहयोगको लागि याचना गरेका छन् । उनीहरुका अनुसार २०४७/०८/०७ गते जेष्ठ सुपुत्र राजु र २०४८/०२/१९ गते कान्छा सुपुत्र कल्याण श्रेष्ठको जन्म भएको हो । उनीहरुले निजहरुको नियमित तथा दैनिक जीवनचर्या अनौठो, आश्चर्यजनक र अकल्पनीय भई सीमित घेरा र क्षेत्रभित्र रही आएको गुनासो पोखे ।

बुवा रामकुमारले भने, ‘छोराहरुको वास्तविक अवस्था बाहिर ल्याउनको लागि म आज यस क्लबमा उपस्थित् भएको छु । अहिलेको प्रविधि र सञ्चारको युगमा विभिन्न मिडियामार्फत छोराहरुको यथार्थ जीवनावस्थालाई बाहिर ल्याउन प्रचार प्रसार गरी सम्पुर्ण मानव समुदायवीचमा परिचय र जानकारी गराउन उचित महसुुुस गरी आजकै सामुहिक सञ्चार मिडियामा उपस्थित भएका छौ ।’ उनकाअनुसार दुवै छोरा राजु र कल्याण जन्मपछि बढ्ने र शारिरीक र मानसिक बृद्धि हुने क्रममा रोकावट आएपछि विभिन्न अस्पतालमा स्वास्थ्य परिक्षण गरिएकोमा थाइराईड हर्माेनको कमीले शारीरिक बृद्धिमा अवरोध आएको हो ।

उनले भने,‘निजहरुको शारीरिक अवस्था अति दयनीय र असामान्य रही आएको छ । यस उपचारको खोजीमा धेरै वर्षसम्म प्रयास गर्दा पनि खास सुधार र सफलता देखिएन । बीस बाईस वर्षसम्म त बढ्ने आशा रह्यो तर ती आशाहरु निराशामा परिवर्तन भएपछि हाम्रो साहारा र सहयोगमा मात्र निजहरुका जीवन गुजारा भईरहको छ । आमाको र परिवारको मुख्य जिम्मेवारी अन्य खेतीपाती, व्यापार व्यवसाय गर्नु नभई मात्र दुई भाइ छोराहरुको पालनपोषण, स्याहारसुसार र सहयोग गर्नु मात्र रहेको छ ।’ उनले दुवै छोराहरु हातखुट्टा धुन, शौचालय जान, नुहाउन,लुगा धुन, खाना पकाउन, भित्र र बाहिर गर्न, कपडा लगाउन र बोल्नसमेत असक्षम रहेको सुनाए ।

उनले भने, ‘यो कान्छो छोरा कल्याण त झनै दयनीय अवस्थामा छ । हाम्रो बुझाईमा कल्याण श्रेष्ठ नेपालकै र विश्वको नै सबभन्दा होचो व्यक्ति र सबभन्दा कम तौल भएका व्यक्तिका रुपमा चिनिन र ठहरिन गई ग्रिनिज बुकमा नाम दर्ता हुन सक्ने सम्भावना भएकोले निज लाई नेपालकै र विश्वकै सबभन्दा होचो र कम तौल भएको व्यक्तिको रुपमा गिनिज बुकमा नाम दर्ता गराउन आदरणीय पत्रकारहरु मार्फत आवश्यक प्रक्रिया अघि बढाई मानवीय सहयोग गर्न र सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न हार्दिक अनुरोध गर्दछु ।’

त्यस्तै, उनीहरुले छोराहरुको पालनपोषण, रेखदेख, स्याहारसुसार गर्न र जीवन निर्वाह निमित्त समय दिन आमाबुबा वा परिवारको एक सदस्यको निरन्तर उपस्थिति र सहयोगको खाँचो परेकोले र निजहरुको पालन पोषण, स्याहार सुसार गर्न, नियमित स्वास्थ्य परिक्षण र स्वास्थ्य उपचारका लागि आर्थिक रकम अभाव भई समस्या परेकोले निजहरुको जीवन निर्वाहका लागि नेपाल सरकार तथा गैर–सरकारी संघसस्था समक्ष पनि आवश्यक सहयोगका लागि पहल गरी दिन पत्रकारज्यु समक्ष अपिल गर्दछु ।’ उनकाअनुसार जेठो छोरा राजुको उचाई ४२ इन्च र तौल २३ केजी छ । र, कान्छा छोरा कल्याणको तौल १० केजी र उचाई २९ इन्च मात्र छ ।

उनले भने,‘इशाराले मात्र आफ्ना कुरा व्यक्त गर्ने कान्छा छोरो कल्याणलाई त क्षणभर पनि छोड्न मिल्दैन् । हाल उनीहरुको समयमा देखापर्ने शारिरीक परिवर्तनहरु जस्तै दाह्री, जुङ्गा आउने दाँत साटिने बोलीमा धोद्रोपन आउने, बौद्धिक तथा यौन परिपक्वता आदिमा कुनै पनि परिवर्तन देखिएको छैन।’ दुई छोराहरुमध्ये जेठो राजुले होचो र असामान्य व्यक्ति भएरपनि शिक्षाशास्त्र संकायमा १०ं२ उतीर्ण र ६ महिने आधारभुत कम्प्युटर तालिम पुरा गरेको पनि उनले सुनाए ।

उनले भने,‘तर, निजले योग्यताअनुसारको रोजगारी पाउन सकेको छैन । निज राजु श्रेष्ठलाई आत्मनिर्भर र स्वावलम्वी बनाउन धेरै ठाउँमा प्रयास गरेपनि कुनै व्यक्ति संघसस्था तथा निकायले खासै चासो नदेखाएकोले निजको योग्यता र शारिरीक अनुकुलता सुहाउदो रोजगारी समेत प्रवन्धको लागि आवश्यक सहयोगका लागि अनुरोध गर्दछु ।’

उनले भने,‘तर, निजले योग्यताअनुसारको रोजगारी पाउन सकेको छैन । निज राजु श्रेष्ठलाई आत्मनिर्भर र स्वावलम्वी बनाउन धेरै ठाउँमा प्रयास गरेपनि कुनै व्यक्ति संघसस्था तथा निकायले खासै चासो नदेखाएकोले निजको योग्यता र शारिरीक अनुकुलता सुहाउदो रोजगारी समेत प्रवन्धको लागि आवश्यक सहयोगका लागि अनुरोध गर्दछु ।’