१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ’



अ+ अ-

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मित्र राष्ट्रसँग मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । आज यहाँको सूर्योदय नगरपालिकामा भएको एक कार्यक्रममा नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकसँग अझै सुमधुर सम्बन्ध बनाउँदै जानुपर्ने खनालले बताउनुभयो ।

नेपाल भ्रमण वर्ष मनाउन इलामको पर्यटकीय क्षेत्र जानका लागि सूर्योदय आइपुग्नुभएका खनालले जिल्लाको पर्यटकीय विकास गर्नका लागि पनि स्थानीय वस्तुको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाको चिया, अदुवालगायतका कृषिजन्य वस्तुको प्रचार गरेर आर्थिक आम्दानी बढाउनुपर्ने बताउनुभयो ।

सन्दकपुरको प्रचारका लागि खनाल शुक्रबार नै सन्दकपुर जानुहुने भएको छ । खनालका साथमा साउदी अरेबियालगायत विभिन्न राष्ट्रका राजदूतसमेत सन्दकपुर जाँदै हुनुहुन्छ ।