५ असार २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालद्वारा “खुट्टा भाँच्ने” भन्ने अभिव्यक्ति दिइएको विषयमा भइरहेको आलोचनाप्रति प्रतिक्रिया जनाएका छन्।

शाहीले सामाजिक सञ्जालमा लेख्दै उक्त अभिव्यक्तिलाई हिंसा प्रवर्द्धन गर्ने अर्थमा नभई कानुन मिच्ने, लापरवाही गर्ने तथा जनताको कामप्रति बेवास्ता गर्ने प्रवृत्तिविरुद्ध दिइएको कडा सन्देशका रूपमा बुझ्नुपर्ने बताएका छन्।

उनका अनुसार जनताको सेवा गर्न जिम्मेवारीमा रहेका व्यक्तिहरूले काममा ढिलासुस्ती गर्ने, राज्य संयन्त्रलाई कमजोर बनाउने तथा उत्तरदायित्वबाट पन्छिने प्रवृत्तिलाई नियन्त्रण गर्न आवश्यक छ। उनले त्यस्ता क्रियाकलाप गर्नेहरूलाई संरक्षण होइन, कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

शाहीले अनुशासन, जवाफदेहिता र परिणाममुखी कार्यसंस्कृति स्थापित नगरी सुशासन सम्भव नहुने उल्लेख गर्दै देशले अपेक्षित विकास गति लिनका लागि जिम्मेवारीबाट भाग्नेहरूलाई कानुनअनुसार उत्तरदायी बनाउने समय आएको पनि बताएका छन्।




न्यूजपोलारबाट थप समाचार
भर्खरै