६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेस प्रदेशले ल्यायो ४१ अर्ब ‍‍१३ करोडको बजेट (पूर्णपाठ)



अ+ अ-

काठमाडाैँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । सोमबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको थियो । यसपटकको बजेट गत वर्षको तुलनामा करिब १३ प्रतिशतले कम हो ।

आगामी बजेटमा चालु खर्चतर्फ १४ अर्ब ६६ करोड रुपैयाँ (३५.९४ प्रतिशत) र पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड रुपैयाँ (६४.०६ प्रतिशत) विनियोजन गरिएको छ ।

आय स्रोततर्फ आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ र गत वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको अर्थमन्त्री भट्टराईले जानकारी दिए ।