१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्धः मुख्यमन्त्री गुरुङ



अ+ अ-

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले मुलुकको आफ्नै स्रोत साधनको प्रयोगले मात्र देश समृद्ध हुने बताउनुभएको छ ।

आज बेँसीशहरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी लमजुङले दशैं, तिहार, नेपाल संवत्, छठ, ल्होसारको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।


जनताको सहयोग, विश्वास जितेर सरकार अघि बढेमा आफ्नै प्रयासले विकास हुने मुख्यमन्त्री गुरुङको भनाइ थियो । उहाँले गण्डकी प्रदेशमा मात्रै करीब ५० प्रतिशत बिजुली उत्पादन गरी जलविद्युत्को विकास गर्न सकिने बताउँदै गण्डकी प्रदेश धेरै कुरामा अगाडि रहेको चर्चा गनुभयोे ।


सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङका इन्चार्ज तथा प्रदेशसभा सदस्य मायनाथ अधिकारीले सरकारले राम्रा काम गर्दा गर्दै पनि नकारात्मक प्रचार भइरहेकाले जनतालाई निराश बनाएकाले यस्ता भ्रमलाई हटाएर अघि बढ्दै समाज परिर्वतन गर्नका लागि सबै दल एकजुट भएर अघि बढ्नुपर्ने विचार राख्नुभयोे ।