१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेश जान छाडेर च्याउ खेतीमा रमाउदै युवा



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ का समशेर रानामगरले विदेश जाने तयारी छोडेर साझेदारीमा च्याउ उत्पादनतर्फ लागेपछि अहिले मनग्य आम्दानी गरिरहनुभएको छ ।

यसअघि म्यानपावर धाउँदै कुन देशको प्रवेशाज्ञा लाग्छ र त्यहाँ पाइने काम तथा सेवा सुविधा कस्तो छ भन्दै बुझेर हिँडिरहनुभएका उहाँ त्यसलाई छोडेर अहिले च्याउ खेतीर्फत उन्मुख हुनुभएको हो । “म विद्यार्थी मान्छे, अध्ययन सकेपछि केही काम नपाएर विदेश जाने भनेर राहदानी बनाएर मेनपावर धाउने र कामको खोजीमा थिएँ ।” उहाँले भन्नुभयो, “त्यही बेला छिन्ताङ दाईसँग भेटभएपछि विदेश जानुभन्दा यहीँ मिलेर लगानी गरी केही काम गरौं भन्नुभएकाले विदेशिने सोच त्यागेर च्याउखेतीमा लागिरहेको छु ।” विविएस तह उत्तीर्णसमशेर विदेशिने सोच त्यागेर अहिले सामूहिक खेतीमा लागिरहनुभएको छ ।

उहाँसँगै हिजो युद्धका बेला गाउँ–गाउँमा पुगेर देशको व्यवस्था बदल्न जनतालाई राजनीतिक प्रशिक्षण दिँदै हिँड्नुभएका मीना पाख्रिनलाई पनि यतिबेला पनौती नगरपालिका–८ नयाँबस्ती बगरमा प्लास्टिकको टहराभित्रको सानो घरमा च्याउ टिप्न भ्याइनभ्याइ छ । पार्टीको पूर्णकालीन कार्यकर्ता खानीखोला गाउँपालिका–२ घर निवासी पाख्रिनले घरपरिवार त्यागेर युद्धमा होमिएकामा अहिले देशको राजनीतिक व्यवस्थाले कोल्टेफेरेपछि आर्थिक समृद्धिको बाटोमा लागेको बताउनुभयो ।

मान्छे परिस्थितिअनुसार हिँड्न र जिउन सिक्नुपर्ने उहाँको भनाइ थियो । विसं २०५५ देखि जनयुद्धमा लागेर राजनीतिक जीवन शुरु गर्नुभएका उहाँ तत्कालीन नेकपा माओवादी केन्द्रका मकवानपुर जिल्ला सह–सेक्रेटरी र कोषाध्यक्ष हुँदै काभ्रेपलाञ्चोक जिल्ला कमिटी सदस्य र अहिले नेकपाकाको जिल्ला सदस्य हुनुहुन्छ । पार्टीको जिम्मेवारीसँगै पछिल्लो समयमा तरकारीखेतीमा व्यस्त मीना हिजोआज च्याउ फलाएर बजार व्यवस्थापनको सोचमा हुनुहुन्छ ।
उहाँ विगत तीन वर्ष अघिदेखि आम्दानीको पाटोमा कृषि पेशालाई अगाल्दै अर्थोपार्जनमा लाग्नुभएको हो । अहिले उहाँ च्याउ उत्पादनमै केन्द्रित हुनुहुन्छ ।

करीब तीन रोपनी जग्गामा रू नौ लाखको लगानीमा मिलेर सञ्चालन गरेको खेतीमा जिम्मेवारीसमेत बाँडफाँड गरेर काम गरिरहनुभएको मीना टहरामा भएको च्याउ रेखदेख र फलेको च्याउन टिप्ने गर्नुहुन्छ, अर्का साझेदार समशेर प्राविधिक पाटोको काम गर्नुहुन्छ भने रिजन र रमेश उत्पादन भएको च्याउ बजारमा पु¥याउने गर्नुहुन्छ । एक महीना अगाडि शुरु गरिएको काम अहिले धमाधम उत्पादन भएर बिक्री हुन थालिसकेको छ ।
‘भर्खरै फल्न शुरु गरेको छ, अहिले दैनिक एउटै टनेलमा ७०÷८० केजी च्याउ उत्पादन भइरहेको छ ।’ मीनाले भन्नभुयो, “अबको केही दिनमा नै सबै टनेलमा च्याउ फल्न थालेपछि हजार केजीसम्म च्याउ फल्छ, एकैपटक त्यत्रो फलेपछि बजारीकरणका लागि समस्या हुनसक्ने भएकाले पनौती र बनेपाका जिल्लाको बजारमा मात्रै नभइ काठमाडौँको कालीमाटीसम्म लैजाने व्यवस्थाको लागि आवश्यक व्यवस्थापन गरिरहेका छौं ।”

“व्यावसायिक काममा लाग्दा राजनीतिमा पनि मद्दत पुगेको उहाँको भनाइ थियो । ‘साथीभाइसँगै मिलेर काम गरेका कारण पार्टीको काम हुँदा एकले अर्कोलाई जिम्मा दिएर जान पाउने भएकाले धेरै सहज भइरहेको छ ।” मीनाले भन्नुभयो, “पार्टीले पनि उत्पादनमा जोड दिने कार्यदिशा अगाडि सारेको र सरकारले पनि आर्थिक समृद्धिको नारालाई अगाडि सारेको अवस्थामा आफैँ पनि त्यसमा सहभागी हुनुपर्छ भन्ने लागेर कृषि पेशामा लागेको हू ।” उहाँहरुले ११ वटा टनेलमा दुई हजार सात सय वटा बल राखेर च्याउखेती गरिरहनुभएको छ ।