१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण



अ+ अ-

बनेपा । तेमाल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी नयाँ परिचयपत्र वितरण गर्ने काम शुरु गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकरण गरी मङ्गलबारबाट परिचयपत्र वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले जानकारी दिए । अहिलेसम्ममा विभिन्न वर्गका गरी ६४ जनाले पचियपत्र प्राप्त गरिसकेका छन् ।

परिचयपत्र प्राप्त गर्नेमा वडा नं १ खन्युखर्कमा ‘ख’ वर्गका दुई, ‘ग’ वर्गका १२ र ‘घ’ वर्गका पाँच गरी १९ जना, वडा नं २ चुखामा ‘क’ वर्गका एक, ‘ख’ वर्गका नौ, ‘ग’ वर्गका १० र ‘घ’ वर्गमा चार गरी २४ जना, वडा नं ३ सरमथलीमा ‘क’ वर्गका एक, ‘ख’ वर्गका छ, ‘ग’ वर्गका तीन, ‘घ’ वर्गका एक गरी ११ जना र वडा नं ४ बोल्देमा ‘ख’ वर्गका तीन, ‘ग’ वर्गका चार र ‘घ’ वर्गका तीन गरी १० जना रहेका छन् ।

प्रत्येक वडा÷वडामा नै पुगेर गरिएको विवरण सङ्कलनका आधारमा परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । यसखाले कार्यक्रमबाट अपाङ्गता भएकाहरुको वास्तविक स्थितिको पहिचान हुनुका साथै तिनको संरक्षण तथा उपचारमा सहजता आउने गाउँपालिका अध्यक्ष तामाङले बताए । जन्मजात वा प्राकृतिक तथा दैविक प्रकोपबाट भएको अपाङ्गताका आधारमा वर्गीकरण गरी परिचयपत्र दिने गरिएको गाउँपालिकाले जनाएको छ ।