२ असार २०८३, मंगलवार
,
Latest
सरकारले चालु संसद अधिवेशनमा नै संघीयतासम्बन्धि सबै ऐनहरु पारित हुनेगरी काम गर्नुपर्दछः काँग्रेस सांसद ढुंगाना ग्यालरी बैठक भवनलाई सांस्कृतिक र पुरातात्विक स्वरूपमै पुनर्निर्माण गरिनुपर्छः सांसदहरू राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न ४ करोड बजेट विनियोजन सांसद भट्टराईले कारको झ्यालबाट शरीर निकालेकाे भिडियो भाइरल, असुरक्षित यात्रा गरेको भन्दै कारबाहीको माग सडक सुरक्षा र यातायात व्यवस्थापनमा सरकार गम्भीर भएनः सभापति गजुरेल संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उपसमितिको कार्यक्षेत्रबारे छलफल मुस्ताङको लोमन्थाङमा भारतीय सहयोगमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिने’ मन्त्रीको अभिव्यक्ति कानूनी शासन विपरितः सांसद थापा दलहरू आन्तरिक विवादमा केन्द्रित हुँदा राष्ट्रिय सरोकार उपेक्षित भएको ज्ञवालीको भनाइ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरू आन्तरिक विवादमा केन्द्रित हुँदा राष्ट्रिय सरोकार उपेक्षित भएको ज्ञवालीको भनाइ



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकको वर्तमान राजनीतिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू आन्तरिक विवादमा केन्द्रित हुँदा राष्ट्रिय मुद्दाहरू ओझेलमा पर्न नहुनेमा जोड दिएका छन्।

सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै उनले एमाले, नेपाली कांग्रेसलगायत लोकतान्त्रिक दलहरूभित्र नीति, निर्णय, संगठन, नेतृत्व र कार्यशैलीका विषयमा मतभेद देखिनु अस्वाभाविक नभए पनि ती समस्याहरू विधिसम्मत रूपमा समाधान हुनुपर्ने उल्लेख गरेका छन्। उनले आन्तरिक विवाद समाधान गर्दै पार्टीहरूको एकता अझ सुदृढ गर्नुपर्ने अपेक्षा पनि व्यक्त गरेका छन्।

ज्ञवालीले देश गम्भीर भूराजनीतिक चुनौतीतर्फ उन्मुख भइरहेको दाबी गर्दै सीमा क्षेत्रमा चिया निकासीमा आएको अवरोधका कारण हजारौँ श्रमिक तथा उद्यमी प्रभावित भएको बताएका छन्। साथै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन अझै चुनौतीपूर्ण बनेको उनको भनाइ छ।

त्यसैगरी कृषिक्षेत्रमा मल अभाव कायमै रहेको, महँगी बढिरहेको र यसले आम नागरिकको दैनिक जीवनमा असर पारेको उनले उल्लेख गरेका छन्।

सरकारप्रति आलोचनात्मक टिप्पणी गर्दै उनले प्रधानमन्त्रीको कार्यशैलीतर्फ संकेत गर्दै राष्ट्रिय प्राथमिकताप्रति पर्याप्त गम्भीरता नदेखिएको जस्तो देखिएको बताएका छन्। साथै व्यवसायीहरूप्रति धम्कीपूर्ण अभिव्यक्ति र विकाससम्बन्धी दाबीहरूबारे पनि उनले प्रश्न उठाएका छन्।

त्यसैगरी उनले राष्ट्रपति संस्थाप्रति अपमान, संसदको अवमूल्यन, मतदाताप्रति उपेक्षा, संवैधानिक निकायमाथि हस्तक्षेप, राजनीतिक प्रतिशोध तथा लोकतान्त्रिक अधिकारहरूको सङ्कुचनजस्ता विषयप्रति पनि चिन्ता व्यक्त गरेका छन्।

उनले मुलुक अलोकतान्त्रिक दिशातर्फ उन्मुख हुँदै गएको संकेत गर्दै उनले यस्तो अवस्थामा दलहरूको आन्तरिक बहसभन्दा राष्ट्रिय सरोकारका मुद्दामा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याएका छन्।




न्यूजपोलारबाट थप समाचार
भर्खरै