२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

“समृद्धिका लागि समाजवाद आवश्यक”



अ+ अ-

काठमाडौँ । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले आफ्नो पार्टीले पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धिको माध्यमबाट समाजवादमा पुग्ने अन्तिम लक्ष्य राखेको बताउनुभएको छ ।

नेकपासहित विभिन्न पार्टीमा कार्यरत कार्यकर्ता तथा स्थानीय युवाको पार्टी प्रवेश कार्यक्रममा उहाँले नेपाली काङ्ग्रेस र नेकपाले भन्ने गरेकोजस्तो समाजवाद नेपाली जनताले पाउन नसक्ने बताउनुभयो । नेता श्रेष्ठले मुहान नै धमिलो भए स्वच्छ पानी नआउने भन्दै पुराना राजनीतिक दलहरू भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभयो ।

पहिचान र अधिकारसहितको सङ्घीयता, सुशासनयुक्त राज्य र समतामूलक समृद्धि नभई देश समाजवादमा पुग्न नसक्ने औँल्याउँदै नेता श्रेष्ठले समाजवादी पार्टीले सिद्धान्तमा मात्र नभई सङ्गठन र कार्यशैलीमा पनि नयाँपन ल्याउनुपर्ने बताउनुभयो ।

सो पार्टीको महालक्ष्मी नगर समितिका अध्यक्ष दीपा थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य डा पुष्पराज राजकर्णिकार, केन्द्रीय सदस्य राजन केसी, ३ नम्बर प्रदेशका सहइञ्चार्ज लालबहादुर तामाङ, केन्द्रीय विज्ञ परिषद् सदस्य विनोद नेपालीलगायतले समाजवादी पार्टी देशको वैकल्पिक राजनीतिक शक्ति बनेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीलगायत विभिन्न पार्टी परित्याग गरी अब्बास पण्डितलगायत ८१ नेता कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश गरेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उत्तम लामा, मानबहादुर धामी, केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका मुख्य–सचिव मोहन बराइली, नेवाः प्रदेश उपाध्यक्ष जनक थापा, रमेश महतलगायतले पनि नवप्रवेशीलाई स्वागत गर्नुभएको थियो ।