२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा



अ+ अ-

सुर्खेत । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय कमिटी गठन अन्तिम चरणमा पुगेका छन् । नेकपाले सुर्खेतबाहेक सबै जिल्लामा निर्वाचन क्षेत्र, स्थानीय तह र वडा कमिटीका पदाधिकारीका साथै इञ्चार्ज चयन गरिसकेको छ ।

नेकपा प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले कर्णालीका सुर्खेतबाहेक बाँकी नौ जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी, स्थानीय तह (गाउँ–नगरपालिका), वडा कमिटीका पदाधिकारी चयन गरिसकेको जानकारी दिनुभयो । पार्टीको सम्बन्धित जिल्लाकै नेतृत्वले निर्वाचन क्षेत्र र स्थानीय कमिटी गठन गर्नुका साथै नेताहरूको कार्यविभाजन गरेको हो ।

सुर्खेतका जिल्ला सचिव कृष्ण जिसीले तिहारअघि नै एकताका बाँकी काम सम्पन्न गरिने बताउनुभयो । यहाँ प्रतिनिधिसभाका दुई, प्रदेशसभाका चार र नौ स्थानीय तह छन् । सचिव जिसीले अध्यक्षको कार्यव्यस्तताका कारण ढिला भएको बताउनुभयो । त्यस्तै, दैलेख जिल्ला कमिटीले मङ्गलबार स्थानीय कमिटीका अध्यक्ष, सचिवका साथै सम्बन्धित स्थानीय तहका इञ्चार्ज तोकेको छ । त्यहाँका ११ स्थानीय तहमध्ये पूर्वएमाले पक्षका छ तथा पूर्वमाओवादी पक्षकाले पाँच स्थानीय तहको नेतृत्व पाएका छन् ।

दैलेखमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीका पदाधिकारी पनि चयन गरिएको छ । यसअघि जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, मुुग, डोल्पा, रुकुमपश्चिम र सल्यानका स्थनीय तहमा पार्टी एकता भइसकेको थियो ।