५ असार २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड



अ+ अ-

काठमाडाैँ । गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।

बजेट सही ढङ्गले कार्यान्वयन भएमा मात्र सरकारले घोषणा गरेका आकर्षक कार्यक्रम र योजनाको औचित्य रहने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य जितप्रकाश आले मगरले बजेट यथार्थपरक नभई बढी नारामा आधारित रहेको बताउनुभयो । बजेट तथा कार्यक्रम कार्यान्वयनमुखी हुनुपर्ने उहाँको भनाइ छ । रोजगारी र आयआर्जनका गतिविधि बढ्ने गरी बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने प्रदेशसभा सदस्य आले मगरले बताउनुभयाे ।

प्रदेशको समृद्धिका मुख्य आधारका रुपमा रहेका कृषि, पर्यटन र उद्योगलाई बजेटले प्राथमिकता दिन नसकेको उहाँको भनाइ छ । प्रदेशसभा सदस्य देवका पहाडी त्रिपाठीले बजेट सन्तुलित र विकासमुखी रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले पुँजीगत खर्च क्षमता बढाउनुपर्ने बताउनुभयो । उहाँले बजेटमा अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाएपनि सरकारले लगानी प्रवद्र्धन, उद्यमशीलता, रोजजागरी सिर्जना, नवप्रवर्तनलगायतका क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको बताउनुभयो । प्रदेशसभा सदस्य सुशीला सिम्खडाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाको विदेश पलायनलाई रोक्नुपर्ने बताउनुभयो ।

प्रदेशलाई समुन्नत र आत्मनिर्भर बनाउन आन्तरिक आय वृद्धिमा जोड दिनुपर्ने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य सुधिरकुमार पौडेलले बजेटको सफलता यस कार्यान्वयनमा निर्भर रहने बताउनुभयो । उहाँले युवाहरुलाई कृषि पेशाप्रति आकर्षिक गर्ने गरी ‘रिटर्न टु भिलेज’लगायत कार्यक्रमलाई बजेटमा समेटिनु सकारात्मक पक्ष रहेको बताउनुभयो । नीति तथा कार्यक्रममा समावेश कतिपय योजना बजेट नपरेको उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्य गणेशमान गुरुङ, श्यामराजा महत, भोजराज अर्याललगायत बजेटमाथिको छलफलमा भाग लिनुभएको थियो । आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य दमयन्ती रुचाल, राजकुमारी भुजेल, सरस्वती गुरुङ, सिताकुमारी सुन्दासलगायत समसामायिक विषयमा आफ्ना धारणा राख्दै प्रदेशसभा र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।




भर्खरै