१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस वर्षको वालेन डी’ओर कस्को हुने ? लिभरपुलका मात्रै ७ खेलाडी सुचीमा



अ+ अ-

एजेन्सी । यस वर्षको वालेन डी’ओर को प्रारम्भिक सूचीमा ईङ्लिस क्लब लिभरपुलको हुकुमत देखिएको छ । प्रारम्भिक ३० खेलाडीको सूचीमा लिभरपुलका मात्रै ७ खेलाडी परेका छन् । मोहमद सलाह, साडियो माने, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, जर्जिन्हो विजनाल्डम र एलिसन लिभरपुलबाट अवार्डको सूचीमा परेका हुन् । यस्तै म्यान्चेष्टर सिटीका पनि ५ खेलाडी सूचीमा परेका छन् । रहिम स्टर्लिङ, रियाद महरेज, केभिन डी ब्रुईन, बर्नाल्र्डो सिल्भा र सर्जियो अग्युरो सूचीमा छन् ।

यस्तै यता टोटेनहमका ह्युगो लोरिस र सन ह्युङ मिन पनि सूचीमा ठाउँ बनाउन सफल भएका छन् । पछिल्ला १० बर्षमा अवार्डमाथि दबाब राख्दै आएका रोनाल्डो र मेस्सी समेत प्रारम्भिक सूचीमा छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमार, म्यान्चेष्टर युनाईटेडका पाउल पोग्बा र ईङ्लिस फरवार्ड ह्यारी केन भने प्रारम्भिक सूचीमै अटाउन सकेनन् ।

बार्सिलोनाबाट मेस्सी सहित फ्रेनकी डी जोङ, एन्टोनी ग्रिजम्यान र मार्क आन्दे टेर स्टेगन परेका छन् । आर्सनलबाट पियरिक एम्रिक अबुमियाङ समेत टोलीमा अटाएका छन् । रियल मड्रिडका फरवार्ड ईडेन हजार्डले समेत सूचीमा स्थान बनाएका छन् ।