१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘छिट्टै भेट्नुपर्छ’ भन्दै सकियो सत्तारुढ र प्रतिपक्षको बैठक



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीच छलफल भएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा र कांग्रेसका नेताहरुबीच छलफल भएको हो।

सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगमा नियुक्ति लगायतका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र मुख्य बिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,मीनेन्द्र रिजाल र रमेश लेखकबीच दुई आयोगमा गरिने नियुक्ति तथा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ।

शीर्ष नेतात्रयको भेटमा द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा छलफल भएको कुराकानी नेता रिजालले बताए। बैठकमा ठोस कुनै निर्णय नभए पछि आयोग गठनबारे नेताहरुबीच पुनः छलफल गरेपछि अघि बढ्नेबारे कुरा भएको पनि रिजालले जानकारी दिए।