लन्डन। लन्डनको उत्तरी क्षेत्रमा दुई वटा रेलहरू शनिबार एक आपसमा ठोक्किँर दुर्घटना हुँदा रेल चालकको मृत्यु भएको उल्लेख गर्दै दुर्घटनामा ११ जना गम्भीर घाइते भएको बेलायती प्रहरीले जनाएको छ ।
इस्ट मिडल्याण्ड्स रेलवे (इएमआर) का अनुसार बेलायतको राजधानी बाट ५६ किलो मिटर उत्तरमा रहेको शहर बेडफोर्ड नजिकै दुर्घटना भएको हो । चालकको घटना स्थलमै मृत्यु भएको जनाउदै प्रहरीले विज्ञप्ति जारी गरेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाईते भएका ३३ जनालाई अस्पताल लगिएको उल्लेख गर्दै ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रेलमा सवार यात्रुलाई उदृत गर्दै बिबिसीले रेल लन्डनको सेन्ट प्यानक्रास स्टेसनतर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको जनाएको छ ।
यस अघि सन् २०२३ सेप्टेम्बर मा, स्कटिस हाइल्याण्ड्सको एभिमोर स्टेसनमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुर्घटना हुदा धेरै मानिसहरू घाइते भएको जनाइएको छ । रासस












