७ असार २०८३, आईतवार
,
Latest
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट ‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ तिलिचो भक्ति यात्रा सम्पन्न संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले)लाई पार्टीभित्र देखिएका विवादहरु सुल्झाउन सुभाव दिनुभएको छ ।

चितवनको भरतपुरमा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले काँग्रेस र एमालेलाई शक्तिशाली दल भन्दै उनीहरूभित्र देखिएका अप्ठ्यारा नमिले मुलुकलाई पनि अप्ठ्यारो पर्नसक्ने बताउनु भयो । काँग्रेस र एमालेभत्रिका समस्या नमिल्दा देशलाई अगाडि लैजान समस्या हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिमा आफ्नो मात्रै होइन, अरू सबै दल पनि ठिक हुनुपर्छ । अहिले देशका दुई शक्तिशाली दलमा समस्या देखिएका छन् ।

अप्ठ्यारा देखिएका छन् काँग्रेस र एमालेभित्र कहीँ न कहीँ अप्ठ्यारा देखिएका छन् । दुवै दलका शीर्ष नेताहरूले आफ्नोभित्रका अप्ठ्यारा मिलाउनु होला । ‘आफ्नो मात्रै होइन, अन्य दलका अप्ठ्यारा पनि मिले भने देश अगाडि जान्छ । उहाँहरू मिलेको देख्न पाइयोस् ।’

उहाँले निर्वाचनअघि नै आफूले प्रधानमन्त्री बालेन्द्र साहलाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइसकेको बताउँदै जनताका समस्या समाधान गरेर देश बनाउने जिम्मेवारी पनि बालेनकै भएको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल