१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सक्किगोनी’ को टिममाथी आइलाग्यो बज्रपात, ‘सक्किगोनी’ के सक्केकै हो त ?



अ+ अ-

काठमाडौं । हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध प्रहरीमा कपिराइटको उजुरी परेको छ ।

आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी परेपछि अर्जुन घिमिरे र कुमार कट्टेलको समूहलाई प्रहरीले बोलाएपछि सक्किगोनीको टिम महानगरीय प्रहरी परिसर टेकु पुगेको छ ।

आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का ‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेपछि मिडिया हबका प्रमुख सोमप्रसाद धितालले प्रहरीमा उजुरी दिएका हुन् ।