१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवर्तमान सभामुख महरालाई आज अदालत लगीँदै



अ+ अ-

काठमाडौँ । संसद सचिवालयकै महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदै छ । मंगलबार बयान नसकिएकाले प्रहरीले थप अनुसन्धानका लागि भन्दै म्याद थप गर्न अदालत लैजाने तयारी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परे लगत्तै उनले स्वाथ्यमा समस्या देखाएपछि उनलाई काठमाडौँको नर्भिक अस्पतालमा भर्ना गरेर उपचार थालीएको थियो ।

महरा उपचाररत नर्भिक अस्पतालले पनि स्वास्थ्यको कारण देखाउँदै बयान लिन नमिल्ने चिठी प्रहरीलाई पठाउँदै आइरहेका बेला उनलाई आज अदालतमा उपस्थित गराउन लागीएको हो । महराले बयान दिन नमाने पनि प्रहरीले अन्य प्रमाण संकलन गरेर २५ दिनभित्र सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गर्ने तयारी प्रहरीको रहेको छ ।