९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाका लागि केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारका प्रस्तावक तथा समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ।

आयोगले आज सूचना जारी गर्दै सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूले मनोनयन दर्ता गर्दा प्रस्तावक र समर्थक सम्बन्धी तोकिएका नियम अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको हो।

सूचनाअनुसार सभापति पदका उम्मेदवारले मनोनयन फारम दर्ता गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। त्यसैगरी पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले एक जना प्रस्तावक र २१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षरसहित मनोनयन फारम दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोगले कुनै पनि प्रस्तावकले एकभन्दा बढी उम्मेदवारको मनोनयन फारममा प्रस्तावकका रूपमा हस्ताक्षर गर्न नपाउने स्पष्ट पारेको छ। यद्यपि समर्थकले भने एकभन्दा बढी उम्मेदवारको फारममा समर्थकका रूपमा हस्ताक्षर गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै उम्मेदवारका प्रस्तावक वा समर्थक बन्ने व्यक्तिको नाम महाधिवेशन प्रतिनिधिको सूचीमा अनिवार्य रूपमा समावेश भएको हुनुपर्ने तथा प्रस्तावक वा समर्थक स्वयं उम्मेदवार बन्न नपाउने उल्लेख गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले सूचनामा उल्लेखित प्रावधान विपरीत दर्ता गरिएका उम्मेदवारी फारम स्वतः अमान्य हुने चेतावनी समेत दिएको छ। आयोगले निर्वाचन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन सबै उम्मेदवार तथा प्रतिनिधिलाई निर्धारित नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।