२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक (भिडियाे सहित)



अ+ अ-

काठमाडौं: नेपाल आइडल प्रतियोगी बिक्रम बरालको नयाँ गीत ‘ढाक्यो मायाले’ सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा उनलाई स्वरमा भ्वाइस अफ नेपालको ब्याटल राउण्डसम्म पुग्न सफल प्रतियोगी सम्झना पाण्डेले साथ दिएकी छन् ।


बैँशालु उमेरमा रहेका प्रेमी जोडीको माया प्रेमको कथा देखाउने प्रयास गरिएको भिडियोमा गायिका सम्झनाले मोडल निराजन प्रधानसँग रोमान्स गरेकी छन् । गहिरो प्रेममा रहँदा प्रेमी जोडीले गर्ने क्रियाकलाप भिडियोमा देखाइएको छ ।


 भूपेन्द्र महतको शब्द, हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले छायाँकन गरेको भिडियोमा नकुल खड्काको सम्पादन र राजिव समिरको कोरियोग्राफी रहेको छ ।   

 

https://www.youtube.com/watch?v=j_dAbx7cCOU