८ असार २०८३, सोमबार
,
Latest
दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः मुस्लिमको मत परिणाम सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य मुस्लिम खुला तथा महिला पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनको मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मतपरिणामअनुसार मुस्लिम खुलातर्फ अब्दुल रज्जाक (२,३९०) र अब्दुल सतार (२,२२८) मत ल्याएर विजयी हुनुभएको हो ।

अकिल मिया (१,५९९), मोहम्मद इर्शाद अन्सारी (१,४२१), अब्दुल रहिम (२९९), मोख्तार अहमद (२१८), हसन अन्सारी (४०१), मोहमद निजामुद्दिन (१७९), मोहम्मद नसिर सिद्धिकी (१२३) र सलाउ द्दिन मिया (१६८) मत प्राप्त गर्नुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्य मुस्लिम महिलामा जावेदा खातुन जागा (१,९००) मत ल्याई विजयी हुनुभएको छ । सो प्रतिस्पर्धामा जमिला मिया (१,४४१), गोमा अन्सारी (४७८), जमिला खातुन (३३८), यासीवा रहमान (२०३) र सनम बेगम (१४६) मत प्राप्त गर्नुभएको छ ।