काठमाडौँ। फिफा विश्वकपमा समूह ‘एच’ बाट स्पेन र केप भर्डे नकाउट चरणमा प्रवेश गरेका छन् ।
शनिबार बिहान भएका दुई खेलको नतिजापछि स्पेन र केप भर्डे नकाउटमा जाने टुंगो लागेको हो ।
आज भएको समूह चरणका अन्तिम खेलमा स्पेनले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्यो भने केप भर्डेले साउदी अरबियालाई गोलरहित बराबरीमा रोक्यो ।
समूह चरणका खेलको समाप्तपछि स्पेन ७ अंकसहित विजेता र केप भर्डे ३ अंकसहित उपविजेता बन्यो ।
केप भर्डेले अब नकाउटमा अर्जेन्टिनासँग खेल्ने छ ।












