१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा



अ+ अ-

पर्सा। आर्थिक अभावका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

‘श्री गहवामाई तीर्थ क्षेत्र विकास समिति’ ले माईस्थान मन्दिर परिसरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३५५ जना सर्वसाधारण लाभान्वित भएको समितिका अध्यक्ष श्याम पोखरेलले जानकारी दिनुभयो ।

शिविरमा आँखा, दाँत, हाडजोर्नी तथा कान रोगसम्बन्धी परीक्षण एवं परामर्शका साथै मधुमेह र थाइराइडसम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो अध्यक्ष पोखरेलले बताउनुभयो ।

उहाँले प्रत्येक वर्ष सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य शिविर यस वर्ष पनि असार ३२ गते आयोजना हुने ‘गहवामाई रथयात्रा’ को अवसर पारेर सञ्चालन गरिएको पनि जानकारी दिनुभयो ।  रासस