१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलम्बिया र पोर्चुगलले खेले गोलरहित बराबरी, दुवै नकआउटमा



अ+ अ-

काठमाडौँ।  फिफा विश्वकप २०२६ अन्तर्गत को खेलमा पोर्चुगल र कोलम्बिया गोलरहित बराबरीमा सकिएको छ।

बराबरीसँगै कोलम्बिया समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ भने पोर्चुगल समूह उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान बनाउन सफल भएको छ ।

समूह ‘के’को यो खेलको निर्धारित समयमा समेत दुवै टोलीले गोल गर्न सकेका छैनन्।

मियामी स्टेडियम सम्पन्न खेलमा दुवै टोली ०-० मा समेटिएका छन्।

आजको खेलपछि कोलम्बियाले राउन्ड अफ ३२ का लागि घाना र पोर्चुगलले क्रोएसियाको सामना गर्ने छन्।