२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति हेलिकोप्टरमा विमानस्थल, उपराष्ट्रपतिका लागि सडक खाली पाँरिदा जनतालाई पुरानै सास्ती



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणमा म्यान्मार प्रस्थान गरेकी छिन् । म्यान्मारका राष्ट्रपति यु उइन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा उनी बुधबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । शीतलनिवास कार्यालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्न राष्ट्रपति भण्डारीले हेलिकोप्टर प्रयोग गरिन् । केही समयअघि भिभिआइपीको प्रयोगका लागि सेनाले खरिद गरेको हेलिकोप्टर प्रयोग गरेर राष्ट्रपति भण्डारी विमानस्थल पुगेकी हुन् ।

राष्ट्रपतिको सवारीमा एक घन्टाभन्दा बढी समय सडक खाली गरिँदा ट्राफिक जामका कारण सर्वसाधारणले दुःख पाएकोमा आलोचना हुन थालेपछि यसपटकबाट हेलिकोप्टर प्रयोग गरिएको हो । तर, राष्ट्रपति भण्डारीको बिदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन अन्तर्राष्ट्रिय विमानस्थल जाँदा र फर्किंदा भने केहीबेर सडक खाली गरिएको थियो ।

जसले गर्दा सर्वसाधारणले पुरानै सास्ती खेप्नुपरेको थियो । भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारीले नेपाली बाहुल्य रहेको पियनओलियनमा नेपालीभाषीले आयोजना गर्ने कार्यक्रममा सहभागीता जनाउने छिन्  । नयाँ पत्रिका दैनिकबाट