१४ असार २०८३, आईतवार
,
Latest
करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन



अ+ अ-

काठमाडौं । सरकारले समयमै खरिद प्रक्रिया अगाडि नबढाउँदा हेपाटाइटिस बी खोप, टीड्याप खोप, एन्टि–स्नेक भेनम लगायतका अत्यावश्यक खोप तथा औषधिको अभाब भएको छ । पटक पटक यी खोपहरुको अभाव हुँदा बिरामीहरू गम्भीर समस्यामा परिरहेका छन् र केही अवस्थामा उपचार नपाएर ज्यानसमेत गुमाउनुपर्ने अवस्था देखिएको छ।

विश्वव्यापी मूल्यवृद्धिका कारण दररेट समायोजनको समस्या र पश्चिम एशियामा जारी तनावका कारण सरकारले टेण्डर प्रक्रिया टुंग्याउन नसक्दा देशभरका अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरूमा खोपको आपूर्ति हुन सकेको छैन । करिव ५ लाख भायल एआरभी खोप खरिदको टेण्डर अन्तिम चरणमा पुगेको भएपनि आपूर्ति प्रक्रिया अझै सुरु भएको छैन ।

सर्पदंशका घटना सबैभन्दा बढी हुने वर्षाको मौसममा देशभर सर्पदंशको भ्याक्सिन (एन्टिस्नेक भेनम) को समेत अभाव भएको छ । अत्यावश्यक जीवनरक्षक औषधिको रुपमा मानिने एन्टिस्नेक भेनम अभावका सर्पदंशको कारण तराईका क्षेत्रसहित देशभर समस्या भएको छ । सर्पदंशविरुद्धका भ्याक्सिनहरु पाइपलाइनमा रहेको भन्दै अगामी आर्थिक वर्षमा आपूर्ति समस्या नहुने दाबी गर्नुभयो ।मनसुनको समयमा विशेषगरी तराई–मधेसका जिल्लाहरुमा सर्पदंशका घटनाबाट वर्षेनी सयौँ नागरिकले अकालमै ज्यान गुमाउने गरेका छन् ।

समस्या कसरी सुरु भयो सरोकारवालाको बुझाईमा

अब वास्तवमा के छ भने, अहिले हामीले भोगिरहेको समस्या एण्टी–रेबिज भ्याक्सिनमा मात्रै सीमित छैन। मेरो बुझाइमा, आजभन्दा करिब एक वर्षअघि संयुक्त राष्ट्रसंघ मिशनमा खटिने हाम्रा सुरक्षा निकायका साथीहरूका लागि पनि यस्तै अवस्था थियो। उहाँहरूलाई विदेश जानुअघि अनिवार्य रूपमा विभिन्न खोप लगाउनुपर्ने व्यवस्था थियो—जस्तै हेपाटाइटिस ए, हेपाटाइटिस बी र येलो फिभर।

यी खोप नलगाई तथा सम्बन्धित प्रमाणपत्र नबनाई उनीहरू बाहिर जान सक्ने अवस्था थिएन। अघिल्लो बर्ष पनि निकै सास्ती भएको थियो भ्याक्सिन नभएर । हरेक बर्ष भ्याक्सिनको अभाब भै रहेको छ ।

जेष्ठ २२ गते स्वास्थ्यमन्त्री निशा मेहताले औषधी ब्यवस्था बिभागमा भएको निरिक्षण तथा छलफलमा क्रममा पनि केही निर्देशनहरु दिनु भएको थियो ।

यस्तो थियो स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशन

हाल बजारमा अभाव देखिएका औषधी आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन तत्काल प्रक्रिया अगाडि बढाउन,

हालसम्म औषधी आपूर्ति आपूर्ति र वितरणको अनुमति प्राप्त गरेका तर नियमित आपूर्ति नगरेका आपूर्तिकर्ताहरूको नियमन कार्य तत्काल अगाडि बढाउन

हालसम्म औषधी आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन र कागजात पेस गरेका तर अनुमति प्रदान गर्न नसकिएका कम्पनीहरूको स्थलगत निरीक्षण तथा आवश्यक जाँचबुझ गरी प्रक्रिया अगाडि बढाउन ।

जीवन रक्षक भ्याक्सिनहरु जो नेपालमा उत्पादन हुदैन ती सबै बाहिर बाट आयात गर्नुपर्ने हुन्छ । बिगत ४ बर्ष देखी नियमति रुपमा ल्याउनु पर्ने औषधीहरु पटक पटक स्थगन हुदै आएको छ । बिरामीले जुन जुन कठिनाई भोग्दै आउनु भएको छ यो सबैलाई जानकारी भएकै कुरा हो । नियमानुसार बर्षेनी हुनु पर्ने आयत केही स्वार्थ समुहको दबाब र प्रभाबमा बिगत ४ बर्ष देखी निरिक्षण हुन सकेका छैनन । कतिपय अबस्थामा सीमा पारिबाट झोलामा भ्याक्सिन ल्याउने कार्य पनि भएको छ । ती कुराहरुको पनि राम्रोसंग अनुगमन हुन सकेको छैन । झोलामा ल्याउदाको अर्को बिकराल समस्या के छ भने यस्ता औषधीहरु तोकिएको तापक्रम भित्र भण्डारण गर्नुपर्ने हुन्छ तर त्यो कल्पना गर्न नसकिने कुरा त्यो औषधीले कसरी काम गर्छ , कसले जिम्मा लिने ?

यस्ता यावत समस्या छन् , तसर्थ नेपाल सरकारले छिटो भन्दा छिटो निर्णय गर्नुपर्यो । जेष्ठ २२ गते मन्त्रीले दिएको निर्देशन अनुसार बिभागले ती औषधी उत्पादन गर्ने बिदेशी कम्पनीहरुको आबश्यक प्रक्रिया पुरा गरेर जसले आपूर्ती प्रक्रियाका लागि सबै प्रक्रिया पुरा गरेका छन् त्यो निर्णय गर्नुपर्यो ।

अगिल्लो बर्ष पनि बिभिन्न स्वार्थ समुहको प्रभाबका कारण निर्णय भएन । यस पटक पनि यस्तै स्वार्थ समुहको पछि लाग्ने निर्णय नगर्ने हो भने यो सगै अरु भ्याक्सिनको पनि अभाब हुन सक्छ । यस्तो अबस्था आउदै छ कि नयाँ नया कम्पनी दर्ता भएर ल्याउन सक्छ न पुराना कम्पनीले आयात गर्न सक्छन् । अब बिभागले प्रक्रिया पुरा गरेर फाईल लैजाने तर मन्त्रालयमा सचिवालयका भित्रका मान्छेले अलमल्याउने कार्य भै रहेको पनि सुनिन्छ ।

यो पनि पढ्नुहोस- सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन

तत्काल निर्णय नगर्ने भने आगामी दिनमा अत्याबश्यक औषधीहरुको अभाब हुने निश्चित छ । बर्षायाम सुरु भएको छ , यो समय रोगको प्रकोप बढ्ने समय हो । औषधीको अभाब भएर जनस्वास्थमा नकारात्मक प्रभाब पर्ने देखिन्छ । अबस्था यस्तो छ कि मन्त्रालयले निर्णय गर्ने कि बिरामीको जीवन माथी खेलबाड गर्ने रु जति ढिलो भयो समस्या उति जटिल बन्दै जान्छ ।

यो पनि पढ्नुहोस- देशभर रेबिज खोपको अभाव, मन्त्रालयले खरिद प्रक्रिया टुंग्याउन सकेन