सङ्खुुवासभा। सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
आज चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो ।
वर्षा हुरीसँगै आएको चट्याङले लागेर गम्भीर घाइते हुनुभएकी राई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर उहाँ गम्भीर घाइते हुुनुभएको थियोे । राईको शव आजै जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ । शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । रासस












