१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते



अ+ अ-

काठमाडौँ। अफगानिस्तानको पूर्वी सीमावर्ती क्षेत्रमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ३६ जनाको मृत्यु भएको छ ।

अफगान सरकारी अधिकारीहरूकाअनुसार आईतवार राति भएको उक्त आक्रमणमा अन्य १६३ जना घाइते भएका छन् ।

अफगान सरकारका सहायक प्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको जानकारीअनुसार पाकिस्तानसँग सीमा जोडिएका पक्तिया, पक्तिका र कुनार प्रान्तहरूमा यी आक्रमणहरू भएका हुन् ।

यस्तै, अफगान सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले उक्त सैन्य कारबाहीको कडा शब्दमा निन्दा गरेका छन् । यता, पाकिस्तानका संघीय सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले सीमा क्षेत्रमा सक्रिय प्रतिबन्धित समूह तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) र जमात–ल–अहरार विरुद्ध लक्षित गरी स्थल तथा हवाई कारबाही गरिएको पुष्टि गर्नुभएको छ ।

पाकिस्तानी मन्त्री तरारकाअनुसार सो सैन्य कारबाहीमा २९ जना आतंककारी मारिएका छन् । मारिएका व्यक्तिहरू पाकिस्तानमा सर्वसाधारण र सुरक्षा निकायमाथि भएका विभिन्न हिंसात्मक तथा आतंकवादी गतिविधिमा संलग्न रहेको पाकिस्तानको दाबी छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल