१८ असार २०८३, बिहीबार
,
Latest
‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु



अ+ अ-

काठमाडौं । रूसी पक्षले बिहीबार गरेको मिसाइल तथा ड्रोन आक्रमणका कारण किएभमा कम्तिमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको युक्रनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।

उहाँका अनुसार मस्कोले “ठूलो आक्रमण“ को तयारी गरिरहेको चेतावनी दिए पछि यो आक्रमण भएको थियो । युक्रेनको वायुसेनाले ब्यालेस्टिक मिसाइलहरू राजधानीतर्फ गइरहेको चेतावनी दिए पछि तथा जेलेन्स्कीले डब्लिनको भ्रमण छोटो पारेर पर्किए पछि उक्त आक्रमण भएको जनाइएको छ ।

मध्य र पूर्वी किएभमा एक दर्जन भन्दा बढी विस्फोटहरू भए पछि बासिन्दाहरू–केही बच्चाहरू र घरपालुवा जनावरहरूसँग–मेट्रो स्टेशनहरूमा आश्रय लिन हतार– हतार दौडि रहेको एएफपीले जनाएको छ ।

आक्रमणले आठ जनाको ज्यान लिएको पुष्टि गर्दै कम्तिमा २५ जना घाइते भएको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले बताउनुभएको छ । उहाँका अनुसार नागरिक तथा आवासीय क्षेत्रहरू लक्षित गरी आक्रमण गरिएको छ । क्षेत्रीय गभर्नर माइकोला कलास्निकका अनुसार आक्रमणमा किएभ क्षेत्रका पाँच जिल्लाहरू प्रभावित भएका छन् ।

“रातको समयमा, स्ट्राइक ड्रोन, ब्यालेस्टिक मिसाइल र क्रुज मिसाइलहरू प्रयोग गरेर किएभ क्षेत्रमा ठूलो आक्रमण गरेको कलास्निकले टेलिग्राम मार्फत बताउनु भएको छ । आपतकालीन कर्मचारीहरूले बुचा जिल्लाको गोदाम र एउटा घरमा आगो निभाउँदै गरेको उल्लेख गर्दै आक्रमणले यस क्षेत्रका घर, तथा छात्रावास र सवारी साधनहरू क्षति ग्रस्त भएको उहाँले बताउनु भएको छ ।

आक्रमणको लगभग ५० मिनेट पछि प्रारम्भिक प्रभाव स्थल नजिकै भएको दोस्रो विस्फोटले वायु मण्डलमा विषाक्त धुवा पठाएको थियो । युक्रेनी आपतकालीन सेवाहरूले सार्वजनिक गरेकोे तस्बिरहरूले आवासीय ब्लकमा व्यापक क्षति देखाएको छ । रुसले ठुलो आक्रमण गर्न लागेको गुप्तचर रिपोर्टका कारण उनी डब्लिनको भ्रमणबाट घर फर्किरहेको जेलेन्स्कीले बताउनु भएको छ ।

उहाँले पत्रकार सम्मेलनमा जनतालाई सावधान रहन आग्रह गर्दै आफ्ना बच्चाहरूलाई, तथा परिवारलाई सुरक्षित राख्न; आश्रयहरू प्रयोग गर्न र आक्रमणको चेतावनीहरूमा ध्यान दिन आवाह्न गर्नु भएको छ । उहाँले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही समय देखि युक्रेन विरुद्धको ठुलो आक्रमणको तयारी गरिरहेको“ खुलासा गर्नु भएको छ ।

यसैगरी युक्रेनले पनि पछिल्लो समयमा रूसी ऊर्जा पूर्वाधार र सैन्य लक्ष्यहरूलाई लक्षित गर्दै लामो दूरीको ड्रोन आक्रमणहरू पनि बढाएको जनाइएको छ । रूसी अधिकारीहरूले सीमावर्ती क्षेत्रहरूमा बारम्बार आक्रमण गरेको रिपोर्ट गरेका छन् भने मस्कोले युक्रेनबाट आएका सयौं ड्रोनहरू आफ्नो हवाई सुरक्षाले रोकेको बताएको छ ।

द्वन्द्व अन्त्य गर्ने अमेरिकी मध्यस्थता प्रयास अहिलेसम्म असफल भएको जनाइएको छ भने,रूसले युद्ध अन्त्य गर्न पूर्ण रूपमा अस्वीकार गरि रहेको जेलेन्स्कीले बताउनु भएको छ । यद्यपि सबै सम्भावित आधिकारिक र अनौपचारिक च्यानलहरू मार्फत युद्ध समाप्त गर्न सकिने आशाका सात युक्रेनमा बैठक र अर्थपूर्ण वार्ताका लागि तयारी गरिरहेको उहाँले बताउनु भएको छ ।