१८ असार २०८३, बिहीबार
,
Latest
प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन श्रममन्त्री यादव भन्छन्ः ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिदैँ, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी सरुवा वा अवकाशपछि पनि चार हजार बढी विमानस्थल प्रवेश पास सक्रिय, निष्क्रिय बनाउने काम सुरु सरकारले सगरमाथाको आरोहण रोयल्टी वृद्धि गर्नुपर्दछः एमाले सांसद शेर्पा सरकारले सुकुम्बासीहरुको तत्कालको समस्या पनि सम्बोधन हुनेगरी बजेटको व्यवस्था गर्न सकेनः नेकपा सांसद राई सम्पती शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर ‘पोलिटिकल ह्यारेसमेन्ट’को कुसंस्कार बसाइएको थियोः अर्थमन्त्री वाग्ले विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ



अ+ अ-

काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई जिल्ला अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार भण्डारीविरुद्ध दर्ता भएको गालीगलौज सम्बन्धी मुद्दामा जिल्ला अदालतले एक महिना ७ दिन कैद तथा जरिवानाको फैसला सुनाएको थियो। सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गरिने जनाएको छ।