१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशसभा बैठकमा छलफल प्रारम्भ



अ+ अ-

मकवानपुर।  बागमती प्रदेशसभामा आज बसेको बैठकमा प्रदेश विनियोजन विधेयक २०८३ को विभिन्न शीर्षकअन्तर्गत विषयगत विभिन्न मन्त्रालयको समूहीकृत छलफल प्रारम्भ भएको छ ।

सो बैठकमा विषयगत मन्त्रालयको शीर्षकमा प्रदेशसभाका सत्तापक्ष तथा प्रतिपक्ष दलका प्रदेशसभा सदस्यसमेत गरी १९ जना छलफलमा सहभागी हुनुहुन्थ्यो । उक्त बैठकमा सत्तापक्षका सदस्यले प्रदेश सरकारले आव २०८३÷८४ को बजेट अघिल्लो आव तुलनामा बजेट जनमुखी, जवाफदेही, पारदर्शी रहेकाले भौतिक पूर्वाधार संरचनाको मोडेलमा परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।

उक्त बैठकमा प्रतिपक्षदल, सदस्यले प्रदेशसभाका सदस्यसँग प्रदेश सरकारले विभिन्न योजनासहित बहुवर्षीय योजना समावेश गर्ने भनी गरिएको सिफारिसबमोजिम योजना घटाइएकाले चिन्ता व्यक्त गर्नुभयो । उहाँले प्रदेशको काठमाडौँ उपत्यका बाहेक अन्य क्षेत्रका १० जिल्लाका विपन्न समुदायको स्वास्थ्योपचारका लागि प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्नुपर्ने र कृषि उत्पादनका लागि नयाँ प्रविधिको प्रयोग गर्ने तथा कृषक मलखाद समयमा उपलब्ध गराउनुपर्ने जोड दिनुभयो ।

उहाँहरुले भीमफेदीबाट काठमाडौँतर्फ जोड्ने सुरुङमार्गको निर्माणका लागि प्रदेश सरकारले क्रमिक बहुवर्षीय योजना कार्यान्वयन गर्दै लैजान सुझाव दिनुभयो । यसैगरी, उहाँहरुले सो बैठकमा प्रशासनिक खर्च घटाएर पँुजीगत खर्च गर्ने मापदण्ड तयार गरेर लागू गर्ने सरकारले नीतिलाई अघि बढाउनुपर्ने आग्रह गर्नुभयो ।

सो बैठकमा प्रदेशसभाका सदस्यहरु क्रमशः युवराज चौलागाईं, श्रीराम लामिछाने, केशवप्रसाद पोखरेल, रामचन्द्र ढुङ्गाना, गीता काफ्ले, मदुकुमार श्रेष्ठ, ईश्वर सापकोटा, आनन्दकुमार श्रेष्ठ, यमुनादेवी श्रेष्ठ, कृष्णप्रसाद शर्मा खनाल, रामेश्वर श्रेष्ठ र सिर्जना सैँजुले विनियोजना विधेयकमाथि छलफलमा सहभागी हुनुहुन्थ्यो । यसैगरी प्रदेश सभासदस्य क्रमशः डम्बर तामाङ, भारतीय पाठक, नुरज बज्राचार्य गङ्गानारायण श्रेष्ठ, कुमारी तामाङ, सरल सहयात्री पौडेल, सुरेन्द्र राज गोरसाईले उक्त छलफल माथि आ–आफ्नो सुझाव दिनुभएको थियो ।

प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले अर्को बैठक भोलि असार १९ गते बिहान ११ बजे बस्नेगरी आजको बैठक स्थगित गर्नुभयो । रासस